पनौती/मोबाइल व्यवसायी संघ पनौती शाखाको आयोजनामा रक्तदान कार्यक्रम गरेको छ ।
‘रक्तदान–जीवनदान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको रक्तदानमा २८ जनाले रक्तदान गरेका थिए । संघले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान, सरसफाई, र विभिन्न ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका मठ–मन्दिर तथा सम्पदास्थलहरूको सरसफाई अभियान, मोबाइल व्यवसायीहरूलाई संगठित गर्दै सामाजिक सेवाका गतिविधिलाई समेत अघि बढाउने बताएको छ ।
रक्तदान कार्यक्रम काभ्रे मोबाइल व्यवसायी संघका अध्यक्ष मधुर दाहालको अध्यक्षतामा भएको थियो भने संघका सचिव पवनराज बनेपाली, कोषाध्यक्ष दामोदर चौंलागाँई लगायत पदाधिकारी र मोबाइल व्यवसायीको उपस्थिति रहेको थियो । कार्यक्रमका अवसरमा ३ जना आजीवन सदस्य र १७ जना साधारण सदस्यलाई सदस्यता प्रदान गरिएको थियो । रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र, बनेपाको प्राविधिक सहयोग रहेको थियो ।









