2026 June 18/ 11:57: 14pm

    बनेपा/ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
    प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण बैद्यको सभापतित्वमा भएको कार्यक्रममा विद्यार्थीहरूलाई विद्यालयको शैक्षिक वातावरण, नियम तथा अनुशासन, पठनपाठन प्रणाली, अतिरिक्त क्रियाकलाप तथा भविष्यका शैक्षिक अवसरबारे जानकारी गराइएको थियो । कार्यक्रममा क्याम्पसका सहायक क्याम्पस प्रमुख नवराज चौलागाईले स्वागत मन्तब्य राखेका थिए । चौलागाईले विद्यार्थीहरूलाई स्वागत गर्दै कक्षा ११ जीवनको महत्वपूर्ण शैक्षिक चरण भएकाले नियमित अध्ययन, सकारात्मक सोच र अनुशासित जीवनशैली अपनाउन आग्रह गरेका थिए । कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल नवराज दाहालले जिल्लकै उत्कृष्ट विद्यालय छनौटद गरेकोमा विद्यार्थीहरुलाई धन्यबाद दिदै आगामी शैक्षिक क्षेत्र उज्जवल रहने बताए । 
    कार्यक्रममा हास्य कलाकार जितु नेपालले जीवनमा सर्घष र मेहनत नगरी कुनै सफलता प्राप्त नहुने बताए । विद्यार्थीहरुलाई  विद्यालयसँग घुलमिल हुन र अध्ययनप्रति थप प्रेरित हुन उक्त कार्यक्रमले सहयोग पुग्ने नेपालले बताए । कार्यक्रममा भाषा, कला विद भुषण भोमी, सत्रका डिएस्पी बिजय केसीलाई सम्मान गरिएको थियो । कार्यक्रममा सञ्चालक आत्माराम थापा, प्रवन्ध निर्देशक प्रताप बैध, प्राध्यापकहरु लगाएतको उपस्थिती रहेको थियो ।