2026 May 01/ 05:04: 44am

     बनेपा/बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७ औ वार्षिकोत्सब संस्थाका अध्यक्ष कैलाश केसीको सभापतित्वमा तथा राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका पूर्व अध्यक्ष केशव प्रसाद बडालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    प्रमुख अतिथी बडालले समुदायको आर्थिक, सामाजिक र नैतिक विकासमा सहकारीको महत्वपूर्ण भूमिका रहेको बताए । बुडोल सामुदायिक संस्थामा पारदर्शिता, सदस्य सहभागीता र सदस्यहरुलाई आत्मनिर्भर बनाउने मुल आधार भएकाले राष्ट्रियस्तरमा नै उत्कृष्ट सहकारीका रुपमा रहेको बडालले बताए । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लिका अध्यक्ष उदयराम कायस्थ, नेपाल पत्रकार महासघंका अध्यक्ष  विनोदकुमार न्यौपाने, को–अपरेटिभ मेनेजर्स क्लब काभे्रका अध्यक्ष गोपाल प्रसाद दाहाल, दश जोड दुईतर्फ उत्कृष्ट भई बुसा सर्वोत्कृष्ट शैक्षिक सम्मान प्राप्त गर्ने कृशला लुइटेल, वर्षको उत्कृष्ट सदस्य २०८२ सम्मान प्राप्त गर्ने उत्कृष्ट बचत कर्ता सदस्य गोवर्धन थापा लगायतले शुभकामनमा मन्तब्य राखेका थिए । 
    कार्यक्रममा वर्षको उत्कृष्ट सदस्य २०८२ मा उत्कृष्ट बचत कर्ता इन्दिरा पराजुली र गोवर्धन थापा, उत्कृष्ट ऋण कारोबार सुनिता पाण्डे र विश्वनाथ मानन्धर,  उत्कृष्ट बाल बचत रिभा उपाध्याय, युवेश थापा, नियमित रक्तदाता दिपक सुवाल, बुसा शैक्षिक बाट ६९ जना, स्नातकोत्तर तह ९ जना, तह उत्कृष्ट, स्नातक तहका ७ जना, दश जोड दुई तर्फ ५३ जना लाई सम्मन गरिएको थियो । त्यसै गरी ६     जना दीर्घ सेवा पदक तथा सम्मान कार्यकारी अधिकृत रञ्जना सुवाल, दशक सेवा पदक तथा सम्मान बरिष्ठ अधिकृत उमेश आचार्य, बरिष्ठ सहायक कविता श्रेष्ठ, सहायक श्रीकृष्ण श्रेष्ठ, कनिष्ठ सहायक सुशिला मानन्धर, मेसेञ्जर मुकुन्द पराजुली, सुरक्षा सहयोगी नवराज भुजेल, वर्षको उत्कृष्ट कर्मचारी २०८२ सदस्य सहजकर्ता दिवाकर सुवेदी लाई सम्मान गरिएको थियो । त्यसै गरी विशिष्ट सदस्य सम्मान कान्छी माया फाउण्डेशन तथा कान्छीमाया तामाङ मेमोरियल सामुदायिक अस्पतालमार्फत सामाजिक कार्यमा विशिष्ट योगदान पु¥याए बापत डा. दिलबहादुर तामाङ, विशेष क्षमता (अपाङ्गता) भएका सदस्य अपाङ्गता परिचय पत्र प्राप्त गरेका २८ जना सदस्यहरुलाई सम्बन्धित सदस्यको घरमै गई भेटघाट तथा सहयोग उपलब्ध गराउने घोषणा गरिएको प्रमुख कार्यकारी अधिकृत विबेकराज ठकुरीले बताए । 
    कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष प्रकाश भुर्तेलले गरेका थिए भने धन्यबाद ज्ञापन अध्यक्ष कैलाश केसीले गरेका थिए । कार्यक्रम सञ्चालन कार्यकारी अधिकृत रञ्जना सुवालले गरेकी थिईन् । संस्थाको वार्षिक गतिबिधिका बारेमा प्रमुख कार्यकारी अधिकृत विबेक राज ठकुरीले प्रस्तुत गरेका थिए ।