धुलिखेल/उज्याले नेपाल पार्टीले घोषणा पत्र सार्वजनिक गरेको छ । काभ्रे क्षेत्र नम्वर २ का प्रत्यक्ष उम्मेदवारई.ज्योत्सना सैंजुले घोषणापत्र सार्वजनिक गरेकी हुन् ।
पर्यटन तर्फ राष्ट्रिय ध्वजावाहक हवाईसेवालाई सुदृढ बनाउँदै हवाई यातायात व्यवस्थापन तथा क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नीति निर्माण, देशको मुख्य आयश्रोत नै पर्यटन बनाउने, काभ्रेको भुगोललाई पर्यटन मैत्री बनाउने योजना छ ।
महिलामैत्री कार्यःशिक्षा, सुरक्षा, उद्यमशीलता, नेतृत्व र राजनीतिक समावेशीकरण । ऊर्जाःऊर्जा निर्यातमा दक्षिण एसियाको नेतृत्व गर्ने लक्ष्यसहित उत्पादन वृद्धि गरी देशमा अबको १० वर्षमा १० हजारदेखि १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने र काभ्रेमा सुनकोशी तेस्रो लगायत आयोजना निर्माण गरिनेछ ।कृषिःमल, बिउ, कोल्ड स्टोर, बिउ बैंक, सिँचाइमा सहजिकरण गर्दै कृषिमा आधारित आर्थिक केन्द्र बनाउने ।बजार सुनिश्चितता सहितको आधुनिक, यान्त्रिक र प्रविधिमैत्री कृषि नीति तयार गर्नेm महाभारत लेक(काभ्रेको लगभग ३५ कि.मि.) भूभागलाई जडिबुटी प्रशोधन र उत्पादन क्षेत्र बनाई जिल्लालाई आत्मनिर्भर गरिने, काठमा आत्मनिर्भर बनाई विदेशी काठ आयात रोक्ने नीति ल्याउने ।
बृद्ध–बृद्धाःअहिले अधिकांश आमाबाबुको छोराछोरी विदेशमा रहँदाको भविष्यमा बृद्ध–बृद्धा घरमै एक्लै रहने सम्भावना बढ्दै गएको छ । त्यसैले उहाँहरुको सम्मानजनक बसोबास, हेरचाह तथा सामाजिक संरक्षणको प्रभावकारी व्यवस्था गर्न आवश्यक पहल गर्नेछ ।खानेपानीःजिल्लामा खानेपानीको आधारभूत आवश्यकता पूरा गर्ने ।सडक सञ्जालःविगत ५ वर्षदेखि अलपत्र परेको अरनिको राजमार्ग र बनेपा–बर्दिवास लगायत अन्य आन्तरिक सडक द्रुत गतिमा निर्माण गरिने । प्रविधि तथा नव प्रवद्र्धनः एआई, रोवोटिक्स, स्टार्टअर्पस क्षेत्रको रिसर्च, विकास तथा प्रवद्र्धनको लागिको १% बजेट छुट्याउने, वैदेशिक लगानी भित्र्याउन आवश्यक नीति र पहल गरिने एकीकृत कानुन बनाई सहजिकरण गर्ने र भाषण होइन परिणाम दिने र काम गर्ने नेतृत्व बनाउने उल्लेख गरिएको छ ।





