2026 August 25/ 07:07: 47pm

    बनेपा/पतंजलि योग समिती काभ्रेले सिन्धु वहिरा आधारभुत विद्यालय सिन्धुपाल्चोक वाह«विसेमा अघ्यनरत बालवालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । 
     पतंजलि योग समिति बागमती प्रदेश प्रमुख ग्रुवेन तौजलेको नेतृत्वमा भएको पतंजलिका जिल्ला पदाधिकारीहरुको टोलिले  विद्यार्थीहरुलाई न्यानो कपडा हस्तातरण गरेका थियो । कार्यक्रममा वाह«विसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेत, पंतजलि योग समिति वागमती प्रदेश प्रमुख ग्रुबेन तौजले, विद्यालयका प्रध्यानाध्यापक लगायतले मन्तव्य राखेका थिए ।  कार्यक्रममा पतंजलि योग समिती वागमती प्रदेश सदस्य दमनकुमार श्रेष्ठ, काभ्रे जिल्लाका का.वा. अध्यक्ष मोहनकृष्ण श्रेष्ठ निर्वतमान अध्यक्ष हरिशरण श्रेष्ठ महामन्त्री श्याम कुमार श्रेष्ठ संगठन मन्त्री कान्छाकुमार श्रेष्ठ कोषाध्यक्ष शुन्दर प्रसाद कर्णजित पतंजलि योग समिती महिला समिती सिन्धुपाल्चोकका अध्यक्ष कविता रावत लगायतका स्थानिय व्यक्तिहरुको उपस्थिति रहेको संचार प्रभारी मिलनभक्त श्रेष्ठले बताए । 
    त्यसैगरी पंतजली योग समिति बागमती प्रदेशले बनेपा नगरको साँगामा भएको नासिका भगवती मन्दिरमा १५ दिने सह–योग शिक्षक तालिमको शुरु भएको छ । बाग्मती प्रदेश प्रमुख ग्रूवेन तौजले तालिमको प्रमुख प्रशिक्षक रहेका छन् । 
    पतंजली योग समिति काभ्रे, महिला पतंजली योग समिति र युवा नेपालको संयोजन तथा पंतजली योग समिति नासिका योग साधना केन्द्रको व्यवस्थापनमा भएको उक्त कार्यक्रमको उद्घाटन समारोहमा पतंजली योग समिति बाग्मती प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, पंतजली योग समिति काभ्रेका का.वा. अध्यक्ष मोहन कृष्ण श्रेष्ठ, महिला अध्यक्ष ईन्दिरा तौजले, नि.व. अध्यक्ष अनु श्रेष्ठ, महामन्त्री श्याम कुमार श्रेष्ठ, नासिका योग साधना केन्द्र साँगाका संयोजक मनोरथ आचार्य, राजाराम सुवाल, बालगोपाल न्हुछे प्रधान लगायतको उपस्थिति रहेको उक्त तालिममा २४ जना साधक साधिकाहरुले भाग लिईरहेको संचार प्रभारी मिलन भक्त श्रेष्ठले बताउनुभयो ।