धुलिखेल/काभ्रेपलाञ्चोक जिल्ला अदालतले चालु आर्थिक वर्षको मसिंर मसान्तसम्म भए गरेका गतिवधिहरुका बारेमा संचारकर्मीसँग अन्तरक्रिया गरेको छ ।
जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रेस्तेदार इन्दिरा कार्की गेलाल लगायतले अदालतका कामकारवाहीका बारेमा जानकारी गराएका थिए । मसिंर मसान्तसम्म १ हजार ४ सय ६२ वटा जिम्मेवारी सरि आएकोमा नयाँ दर्ता ७ सय ३५ वटा गरी कुल लगत २ हजार १ सय ९७ पुगेको छ । जसमध्ये यो अवधीमा ६ सय ५ वटा फछर्याैट भएको छ । १ हजार ५ सय ९२ वटा बाँकी छन् । जसमध्ये ६ महिना अवधीका २ सय १८ वटा, एक वर्ष अवधीका २ सय ६९ वटा, डेढ वर्ष अवधीका ७९ वटा, २ वर्ष अवधीका २६ वठा र २ वर्ष नाघेका १३ वटा छन् । पौष २० गतेसम्म २ वर्ष अवधी नाघेका ११ वटा फैसला भएका छन् ।
अदालतले लिएको लक्ष्य अनुसार ८४.२६ प्रतिशत मुद्दाको फैसला भएको छ । आगामी निर्वाचनका कारण आर्थिक वर्षको अन्त्यसम्ममा बार्षिक लक्ष्यमा पुग्न कठिन हुन सक्ने जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यले बताए । न्याय दिन र सेवा प्रवाहमा नागरिकहरुलाई सहज न्या प्रदान गर्न अदालतले प्रविधिमैत्री सेवामा जोड दिएको न्यायाधीश आचार्यले बताए ।
भदौमा भएका आन्दोलनका कारण तत्काल असर नदेखिएका कारण भाद्र २९ गते देखि नियमित इजलास शुरु गरेको भए पनि त्यसको प्रभाव विस्तारै परिरहेको श्रेस्तेदार इन्दिरा कार्की गेलालले बताईन् । इलाका प्रहरी कार्यालय पूर्ण रुपमा जलेका कारण केहि समय मुद्दा दर्ता अर्थात अभियोजनका लागि असहज भए पनि सेवा प्रवाहलाई भने निरन्तरता भईरहेको उनले बताईन् । मुद्दा फछर्याैटको न्यायाधीशगत प्रगति अनुसार जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यले ८४.५१ प्रतिशत, न्यायाधीश प्रेमप्रसाद आचार्यले ८५.३५ प्रतिशत र न्यायाधीश नगेन्द्रकुमार कालाखेतीले ८२.९१ प्रतिशत फैसला गरेका छन् । श्रेस्तेदार इन्दिरा कार्की गेलालका अनुसार मसिंर मसान्तसम्म १ सय ८८ वटा म्याद तामेल हुन बाँकी थिए । फैसला कार्यान्वयन तर्फ १ सय ८५ वटा फछ्र्याैट भई ४ सय २७ वटा बाँकी रहेका छन् ।
मेलमिलापमा पठाईएका १ सय २९ मध्ये १६ वटा मेलमिलापबाट टुगिंएका छन् भने ५५ वटा प्रकृयामा रहेका छन् । ५८ वटा मेलमिलाप हुन नसकी फिर्ता भएका छन् । जिल्ला अदालतमा ४९ हजार ४ सय ७७ वटा मिसिल पुगेका छन् । जसमध्ये कम्प्युटरमा इन्ट्रि भएका ४५ हजार ६ सय १६ वटा छन् । अरु प्रकृयामा छन् । फैसला तयारी गर्न बाँकी ३ सय २० वटा मुद्दा छन् । ९ सय ७० वटा मुद्दाको फैसला तयारी भएको छ । अघिल्लो वर्षका जिम्मेवारी सरेका ६ सय २८ र चालु वर्षका ६ सय ५ गरी १२ सय ३३ वटा फैसला तयार गर्नु पर्ने थियो । सरकारवादी फौजदारी मुद्दामा जर्बजस्ती करणी ३३, लागु औषध १७, बैकिङ कसुर १५४, चोरी ४७, अभद्र ब्यवहार १९, ठगी २१, मानवबेचविखन २ र बालयौन दुरुपयोग ५ वटा रहेका छन् । बैकिङ कसुरका १ सय २७ वटा फैसला हुन बाँकी छन ।
विशेष प्रकृतिका निवेदनमा मृत्युको न्यायीक घोषणा १० वटा, संरक्षक गुठी २ वठा, विवाह ५३ वटा, अधिकृत वारेसनामा ६३ वटा रहेका छन् । सम्वन्ध विच्छेदमा २ सय ३१ वटा दर्ता भएका छन् । जसमध्ये १ सय ४१ वटा फछ्र्याैट भई ९० वटा बाँकी छन् । अन्र्तक्रिया कार्यक्रममा पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, पुर्व अध्यक्ष मोतीराम तिमल्सिना, अदालतका सूचना अधिकारी अधिकृत अक्षयकुमार दनुवार, कृष्ण ढुंगाना लगायतले अदालतका कामकारवाही सेवाग्राही मैत्री हुनु पर्नेमा अदालतले खेलेको भूमिका र नागरिकहरुको सरोकारवालाहरुको भूमिकाका बारेमा धारणा राखेका थिए ।





