2025 December 16/ 05:12: 44am

    पनौती/एकीकृत बचत तथा ऋण सहकारी संस्थाको सत्रौं वार्षिक साधारणसभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
     सभाबाट चण्डेश्वरी मुनाकर्मीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो । साकोसको उपाध्यक्षमा रविनभक्त स्याउला, सचिव सबिना सापकोटा, कोषाध्यक्ष राकेश सुन्दर सैंजु र सदस्यहरुमा रुपक ताम्राकार, दिपक मातंछे र चन्द्रकला थापा चयन भएका छन् । त्यसै गरी लेखा सुपरिवेक्षण समिति संयोजकमा वसन्तराज नेपाल निर्वाचित भएका छन् भने सदस्यमा सान्त्वना ताम्राकार र शशिकर खनाल निर्वाचित भएका छन् ।
    ‘एकका लागि सबै, सबैका लागि एक’ भन्ने सिद्धान्तबाट प्रेरित भई आर्थिक उन्नती र रोजगारी एकीकृत सहकारी भन्ने मुल नारा लिएर स्थापित साकोसमा हाल २ हजार ७ सय ९७ जना शेयर सदस्य रहेका छन् । रोजगारी, सिर्जना गर्दै गरीबी न्युनिकरण, उद्यमशीलताको विकास, स्थानीय स्तरमा नै कृषि, पर्यटन लघु उद्योग विकास, पशुपालन, कला संस्कृतिको जगेर्नाका लागि सहकारीले काम गर्दै आइरहेको अध्यक्ष चण्डेश्वरी मुनाकर्मीले बताइन् । 
    संस्थाको शेयरपुँजी २ करोड ५६ लाख ८ हजार, बचत निक्षेप २२ करोड ४२ लाख ९५ हजार, ऋण लागनी १६ करोड ७३ लाख ८३ हजार, जगेडा कोष १ करोड १२ लाख ९० हजार, कुल सम्पति २७ करोड २५ लाख ८८ हजार, र  १३ लाख ५७ हजार, नाफा रहेको छ । समयमै किस्ता भुक्तानी गर्ने ऋणीहरुले संस्थामा तिरेको व्याज रकममा ५ प्रतिशत छुट दिइएको छ । आर्थिक वर्ष २०८१÷८२ मा संस्थाले व्याज छुट बापत ७४ हजार ४ सय ९८ प्रदान गरेको छ । संस्थाले स्वास्थ्य उपचार स्वरुप १० हजार रुपैयाँ उपचार खर्च पनि उपलब्ध गराउँदै आएको छ भने आगामी दिनमा नविनतम प्रविधिबाट घरघरमा वित्तिय सेवा र प्रभावकारी सुचना पुर्याउन मोबाइल बैकिङ सेवा, क्यूआर कोडबाट भुक्तानी सेवा, मोबाइलबाट बचत संकलन, कारोबारको एसएमएस अलर्ट सुविधा लगायतका सेवा विस्तारको योजना रहेको सचिव सबिना सापकोटाले जानकारी दिइन् ।