धुलिखेल/धुलिखेल नगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन सचेतनामुलक कार्यक्रम आयोजना गरेको छ । सामाजिक विकास समिति संयोजक एवं वडा अध्यक्ष गणेश आचार्यले कार्यक्रमको शुभारम्भ गर्दै नगरपालिकालाई लैङ्गिक हिंसामुक्त पालिका बनाउने अभियानमा सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए ।
प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले नगरपालिकाले गर्ने हरेक गतिविधीहरु, नीति तथा कार्यक्रम र बजेट लैङ्गिकमैत्री हुनु पर्ने बताए । कार्यक्रममा अधिकृत पुजा काफ्लेले नगरपालिकाले गरेका गतिविधिहरुका बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिईन् । जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रहरी निरिक्षक म्हेग्रिन्द्रा लो तामाङले जिल्लामा भएका लैङ्गिक हिंसाका घटनाको अवस्था र त्यसका विषयबस्तु माथी जानकारी गराउँदै सबै क्षेत्र न्यूनिकरण अभियानमा सक्रिय रहनु पर्ने बताईन् ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु, वडाका सचिव तथा कर्मचारीहरु, शाखा प्रमुख तथा कर्मचारीहरु र विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । सहभागिहरुले लैङ्गिक हिंसाको प्रमुख श्रोत सामाजिक सञ्जालको ब्यवस्थापन गर्न सुझाव दिए । बालबालिकाहरु विद्यालय तहमा काउन्सिलिङ्ग गर्न नसक्ने अवस्थामा पुगेको शिक्षकहरुले बताए । पुरुषहरु पनि पीडित हुने गरेको भए पनि कम उजुरी परेको सहभागिहरुले बताए । कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।





