बनेपा/उग्रतारा बहुउद्देश्यीय सहकारी संस्था लि.को साधारसण सभा सम्पन्न भएको छ ।
अध्यक्ष पूर्णप्रसाद पलाञ्चोकेको अध्यक्षतामा सम्पन्न बाइसौं वार्षिक साधारण सभामा संस्थाका सचिव दियेशरत्न शाक्यले प्रगति प्रतिबेदन पेश गरेका थिए । संस्थामा १७ सय ९१ शेयर सदस्यबाट ६ करोड ६९ लाख ९२ हजार शेयर पुँजी संकलन भएको छ भने कुल बचत ८४ करोड ९ लाख ३१ हजार र कुल ऋण लगानी ६७ करोड ४१ लाख ७३ हजार रहेको छ । कार्यक्रममा संस्थाका जेष्ठ शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा कोषाध्यक्ष लक्ष्मीलाल राजभण्डारीले कोषाध्यक्षको र लेखा सुपरीबेक्षण समितिका संयोजक शान्तीराज कायष्थले लेखा सुपरीबेक्षण समितिको बार्षिक प्रतिबेदन पेश गरेका थिए । प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त थापाले स्वागत मन्तब्य र धन्यबाद ज्ञापन उपाध्यक्ष पुष्पकाजी श्रेष्ठले गरेका थिए ।





