2025 April 19/ 07:18: 47am

    धुलिखेल/उद्योग तथा वाणिज्य कार्यालयको आयोजनामा विश्व उपभोक्ता अधिकार दिवस २०८१ का अवसरमा उपभोक्ता अधिकार सम्बन्धी अन्र्तक्रिया गरेको छ । 
    उद्योग तथा बाणिज्य कार्यालयका प्रमुख सिताराम घिमिरेको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथी राष्ट्रिय उपभोक्ता मञ्च काभ्रेका अध्यक्ष माधब श्रेष्ठ रहेका थिए । प्रमुख अतिथी श्रेष्ठले उपभोक्ता अधिकार भन्नाले कुनै पनि उपभोग्य बस्तु वा सेवा प्रयोग गर्दा उपभोक्ताले पाउने अधिकारहरू जस्तै सुरक्षा, सूचना, छनोट र सुनुवाइको अधिकार प्रयोगमा सहजता भन्ने रहेको बताए । सन् १९६२ मा मार्च १५ का दिन अमेरिकी राष्ट्रपतिले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरेपछि विश्वमा यो दिवस मनाउन थालिएको श्रेष्ठले भने । नेपालमा भने उपभोक्ता संरक्षण ऐन २०५४ जारी भएपछि दिवस मनाउन थालिएको हो । श्रेष्ठले राज्यले भाषण गर्ने र गोष्ठी गर्ने भन्दा खासै उपभोक्ताको हितमा काम गरेको देख्न सकिदैन । अनुगमन हुँदा पनि सहर केन्द्रित अनुगमन मात्र भएको देख्न सकिन्छ । बेला बखत बजारमा कालोबजारी नियन्त्रणको लागि केही कदम चालिएको देखिन्छ तर अन्य बजारहरुमा भने कुनै चासो नदिएको श्रेष्ठले आरोप लगाए । 
    कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय प्रमुख मनिषा चापागाईले खाद्य बस्तु र उपभोक्ताले गर्नु पर्ने सम्बन्धी कार्यपत्र प्रस्तुत गरेकी थिईन् । अन्तक्र्रियामा भयम्भल कृषि फर्म लघु उद्यमकी प्रोपाईटर कमला लामा, विभिन्न संघ संस्थाका प्रतिनिधि, उपभोक्ताहरुको सहभागिता रहेको थियो । उद्योग वाणिज्य कार्यालयका प्रमुख सिताराम घिमिरेले भने आफ्नो अधिकार क्षेत्र भित्र रहि उद्योगिहरुको दर्ता र नविकरण, पुजीं तथा क्षमता वृद्धि, उद्देश्य थप, नामसारी, ठाउँसारी तथा दर्ता खारेजी सम्बन्धी कार्य गर्दै आएको बताए । घिमिरेले उपभोक्ता संरक्षित ऐन अनुसार बजार अनगुमन सम्बन्धी कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउने, अत्यावश्यक वस्तु तथा सेवाको मुल्यसूची संकलन र विष्लेषण गरी सार्वजनिक गर्ने बजार अनुगमनलाई तिब्रता दिदै उपभोक्ताको हक हित संरक्षण सम्बन्धी काम गरिरहेको घिमिरेले बताए । कार्यक्रम सञ्चालन उद्योग सहजकर्ता रबिन्द्र चौलागाईले सञ्चालन गरेका थिए ।