2025 March 20/ 10:14: 04am

    पाँचखाल/आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाको आर्थिक वर्ष २०८१÷०८२ को अर्ध वार्षिक समिक्षा बैठक सम्पन्न भएको छ ।     संस्थाका अध्यक्ष बाबुकाजी पराजुलीलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पाँचखाल नगरपालिका वडा नं ४ का वडा अध्यक्ष सुन्दर तामाङको प्रमुख आतिथ्यता रहेको थियो । अर्ध बार्षिक समिक्षा कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत ठाकुरनाथ अधिकारीले संस्थाको आ.व २०८१/०८२ पुष मसान्त सम्मको स्थिती विवरण सहित संस्थाको रणनीतिक योजना बमोजिम लिएका लक्ष्यहरुमा भएका उपलव्धि सहितको समिक्षा प्रतिवेदन तथा आगामाी योजना तथा बजेट प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष बाबुकाजी पराजुलीले विद्यमान सहकारी सम्बन्धि समस्याका असर लगायत कानुनी जटिलता र ऐनमा आएका परिवर्तनका विषयमा बताउदै संस्थाले सदस्य बृद्धि, पुँजी परिचालन, सदस्य सक्रियता तथा सदस्य सुरक्षा र हेरचाहका विषयमा भए गरेका कार्यक्रमहरुको समिक्षा गर्दैै आगामी योजना तथा बजेटमा विषयमा सबै एक भएर लाग्नुपर्ने बताए । 
    समिक्षा कार्यक्रमका प्रमुख अतिथि सुन्दर तामाङले वित्तिय रुपमा सवल र सक्षम रहेको आर्थिक विकासले सदस्यहरुलाइ आर्थिक कारोवारमा मात्र नभई सदस्यहरुको स्वास्थ्य तथा जन्म देखि मृत्यु पर्यन्त राहत लगायतका कार्यक्रम गरी सदस्यहरुलाइ सक्रिय राखेको र सामाजीक उत्तरदायित्व बहन गर्ने क्रममा समेत अग्रणी रहेकोमा धन्यबाद दिएका थिए । कार्यक्रम संस्थाका सचिव राम प्रसाद कोइरालाले संचालन गरेका थिए भने स्वागत मन्तब्य सञ्चालक विष्णु प्रसाद पराजुलीले राखेका थिए । कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष सरोज सापकोटा, लेखा संयोजक बद्रि आचार्य संस्थाका संस्थापक अध्यक्ष ईश्वरी राजकुमार मैनाली, सल्लाहाकार रामशरण लुइटेल लगाएतले सबैमा समन्वयकारी भुमिका राख्दै विभिन्न कार्यदल बनाइ काम गर्नुपर्ने धारणा राखेका थिए ।  
    संस्थाका सल्लाहकारहरु, संचालक समिति, लेखा सुपरिवेक्षण समिति, सेवा केन्द्र व्यवस्थापन समिति, विभिन्न उप समितिहरु तथा व्यवस्थापन र कर्मचारीहरुको उपस्थिती रहेको थियो ।