बनेपा/काठमाडौ नजिकै ऐतिहासिक शहर बनेपामा ओमोडा जेको नेपालका लागी आधिकारीक वितरक एस पिजी ओटो मोबाईल्स प्रालिीको काभ्रेको आधिकारीक वितरक नेक्स्ट जेन अटो प्रालीको शोरुम उद्घाटन वागमती प्रदेश सांसद् कन्चनचन्द्र बादेले गरेका गरेका छन् ।
प्रमुख अतिथी बादेले ब्यपारीक शहरमा ईभि गाडीको प्रतिस्पर्धा रहेकोमा धन्यबाद दिएका थिए । गाडी चढ्नु विलासिताका रुपमा हेर्ने गरिन्थ्यो तर आज अति आवश्यक भएको बताए । नेपालको भौगोलीक अनुसार ईभि गाडीहरु विस्तारै सञ्चालन हुदै आएको बादेले भने, नेपालमै उत्पादन विद्युत खपत हुने, पेट्रोलियम खपत घटाउदै बातबरणीय हिसाबले पनि ईभि गाडी राम्रो रहेको बादेले बताए । अहिले बनिरहेको सुर्यबिनाएक धुलिखेल सडक सम्पन्न पश्चात ईभि गाडीको माग अझै बढ्ने र बनेपालाई ईभि मय बनाउन आफुले चार्जिङ स्टेशन स्थापन गर्न देखी सबै क्षेत्रमा सहयोग गर्ने बताए । नेपाल सरकारले नै विधुतिय गाडीलाई बिशेष सहुलियत प्रदान गरी प्राथमिकतामा राखेको बादेले बताए । कार्यक्रममा नगर प्रमुख शान्तिरत्न शाक्यले गाडिको शो रुम सो गर्न मात्र नभई बढी भन्दा बढी गाडीहरु विक्री गर्न सक्नु पर्ने बताए । बनेपामा थप अर्काे विजनेश थपिएकोमा धन्यबाद दिदै उक्त विजनेसले बनेपालाई विद्युतीय गाडीमय बनाउनु पर्ने शाक्यले बताए ।
अटो प्रालिका अध्यक्ष राजकुमार पोटेले नयाँ शो रुम खुले सँगै यस क्षेत्रका ग्राहक वर्गलाई दु्रत गतिमा विकास भैईरहेको ईलेक्ट्रिक ब्राण्ड ओमोडा जाईकोका सवारी साधनहरु सर्वशुलभ रुपमा उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेका छन् । उक्त गाडी सम्पुर्ण सुविधा युक्त, बाताबरण मैत्री, दिगो र भरपर्दाे अत्याधुनिक विद्युतीय सवारीसाधन भएकाले हाल सम्म २ वटा मोडेलको सावारी साधन उपलब्ध रहेको पोटेले बताए । उक्त सवारी साधन ४३० किमि सम्मको लामो यात्रा सहजै गर्न सकिने, जे सिक्स एक मात्र नेपालको हरेक भु–भागमा यात्रा गर्न सकिने बताएको छ । त्यसैगरी ओमोडा ई फाईभ सवारी साधनले ४३० किमि सम्मको लामो यात्रा सहजै गर्न सकिने बताईएको छ । कार्यक्रममा अटो प्रालिका प्रबन्धक जेनी पोटेले स्वागत मन्तब्य राखेका थिए ।