2026 August 31/ 11:10: 41pm

बनेपा/बनेपामा रहेको बेलर स्कुलले विद्यार्थीहरु तथा अन्य समुह समेत सहाभागी हुन मिल्ने गरी फुटसल संचालन ल्याएको छ । फुटसलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । मल्टिपर्पाेज हलका रुपमा प्रयोग गर्न सकिने फुटसलमा नेपाल पत्रकार महासंघ काभ्रे शाखा र बेलर परिवार बीच मैत्रीपूर्ण प्रतियोगिता आयोजना गरिएको छ । 
    मैत्रीपूर्ण फुटसल प्रतियोगितामा पत्रकारहरुको समुहलाई बेलर परिवारले ५ का विरुद्ध ६ गोलले पराजित गरेको थियो । बेलर स्कुलका अध्यक्ष भोला थापा, प्रिन्सिपल इन्दु थापा, क्याम्पस प्रमुख भगिरथ अधिकारी, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, निवर्तमान अध्यक्ष बद्रिराज तिमल्सिना, पूर्व अध्यक्षहरु, महासंघका पदाधिकारी तथा कृयाशिल सदस्यहरुको सहभागिता रहेको थियो ।  
    बेलरमा निर्माण हुँदै गरेको फुटसलमा रेस्टुरेन्ट, दर्शकदीर्घा तथा महिला र पुरुषका लागि चेन्जिङ्ग रुम तथा अन्य प्रविधि उपलब्ध गरिएको छ । फुटसल हल निर्माण सकिँदा करिव २ करोड खर्च हुने बताईएको छ ।