– ५८२ औ विटिसी तथा ४३२ औ पिटिसी ५ दिने तालिम सम्पन्न
बनेपा/बनेपा नगरपालिकाको आयोजनामा ५८२ औ विटिसी तथा ४३२ आंै पिटिसी आधारभुत स्काउट मास्टर तालिमको समापन भएको छ । बागमती प्रदेश सांसद् कञ्चनचन्द्र बादेको प्रमुख आतिथ्यतामा तथा बनेपा नगरपालिका कार्यवाहक प्रमुख विमला सापकोटाको सभापतित्वमा उक्त तालिमको समापन गरिएको थियो । ५८२ औ विटिसी तथा ४३२ औ पिटिसि आधारभूत तालिममा नगरका सामुदायिक तथा संस्थागत विद्यालयका ४५ जना शिक्षक÷शिक्षिकाहरुको सहभागिता रहेको थियो । गत पौष १० देखी १५ गते सम्म सञ्चालन भएको उक्त तालिम पश्चात शिक्षकहरुले सबै विद्यालयमा स्काउटका कक्षा सञ्चालन गर्ने बताईएको छ । तालिम समापनका प्रमुख अतिथी कन्चनचन्द्र बादेले उक्त तालिम महत्वपूर्ण रहेको र ढिलै भएपनि नगरपालिकाले आवश्यक ठानेर प्रदान गरेकोमा धन्यवाद दिएका थिए । आफ्नो तर्फबाट र प्रदेश सरकारबाट कस्तो सहयोग गर्नु पर्छ तयार रहेको बताउँदै बादेले भने प्रत्येक सामुदायीक तथा संस्थागत विद्यालयमा उक्त स्काउट कक्षा सञ्चालन गर्नु पर्ने बताए ।
कार्यक्रममा स्वागत मन्तब्य राख्दै स्थानीय स्काउट तदर्थ समिति संयोजक पुकार कर्णजितले स्काउटको तालिमका बारेमा बताएका थिए । काभ्रेमा स्काउटको स्थापना २०३२ सालमा स्थापना भएको बताए । अहिले सञ्चालन भएको तालिम सातौ भएको र यसअघि काभ्रेमा २०५४ सालमा स्काउट तालिम भएको थियो । यो सातांै तालिम स्काउट ११ वर्ष उमेर देखी १५ वर्ष सम्मका विद्यार्थीहरुलाई लक्षित गरेर प्रदान गरिन्छ । स्काउटले केबल पोषाक लगाएर बस्नै मात्रै नभई एउटा जीवन उपयोगी शिक्षा प्रदान गर्छ । एउटा सभ्य नागरिक बनाउन अग्रसर गर्छ, यो देशको लागी अति नै आवश्यक रहेको छ पुकार कर्णजितले भने । यो शिक्षाको एउटा अभिन्न अंग हो, यसलाई विद्यालय शिक्षासँगै जोडेर अगाडी लैजान सक्यो भने भोलि कर्मठ युवाहरु जन्मने छन् । देश विकासमा लाग्न सक्ने जमात तयार हुने छ, आगामी माघ महिनामा विद्यार्थीहरुलाई लक्षित गरेर तालिम दिने योजना रहेको कर्णजितले बताए । कार्यक्रमका सभापति तथा कार्यवाहक नगर प्रमुख विमला सापकोटाले नगरपालिकाले स्काउट सम्बन्धी कक्षा सञ्चालनका लागी सबन्धीत स्काउटका ब्यक्तिहरुसँग धेरैचोटी छलफल गरेर उक्त तालिमको आयोजना गरिएको बताईन् ।
बनेपाका सबै विद्यालयका बालबालिकाहरुलाई स्काउट सिकाउनु पर्छ, र सबै विद्यालयमा स्काउट शुरु गर्नुपर्छ भन्ने हिसाबले उक्त तालिमको आयोजना गरिएको बताईन् । केहि विद्यालयहरुले आफ्नै प्रयासमा स्काउटका कक्षाहरु शुरु गर्नु भएको थियो, अब नगरपालिकाकै सहयोगमा प्रत्येक विद्यालयमा एकजना शिक्षक र एकजना शिक्षिकालाई स्काउटको प्रशिक्षकका रुपमा विकास गरौं र उक्त विद्यालयहरुमा स्काउट गठन गरेर स्काउट तालिमलाई अगाडी बढाउन लागेको सापकोटाले बताईन् । विद्यार्थीहरुलाई जीवनोपयोगी सीपमूलक शिक्षा सिकाउन जरुरी भएको बताउँदै सापकोटाले विद्यार्थीहरुलाई कलिलै उमेरमा सिपमुलक जीवन उपयोगी शिक्षा अनिवार्य सिकाउनु पर्ने बताईन् । कार्यक्रममा बनेपा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, वडा नम्बर १ का वडा अध्यक्ष कमल प्रसाद घिमिरे, वडा नम्बर ४ का वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठ, वडा नम्बर १३ का रामलाल दुवाल, स्काउटका राट्रिय प्रशिक्षक शिबराम अर्याल, कोर्स लिडर सबुता महर्जन, प्रशिक्षार्थी वासुदेव घिमिरे र सविना घोरासाईने, विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको सहभागीता रहेको थियो ।