बनेपा/शीर मेमोरियल अस्पताल बनेपामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, हेल्थ इन्भारमेन्ट एण्ड क्लाईमेट एक्सन फाउण्डेशनको तर्फबाट भेन्टिलेटर तथा हाई फ्लो नजल क्यानुला उपलब्ध गराईएको छ । अस्पतालमा आयोजित एक कार्यक्रममा उक्त सामाग्री अस्पताल प्रशासनलाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, जनस्वास्थ्य कार्यालय काभ्रेकी प्रमुख रागिश्री कक्षपति श्रेष्ठ, वडा अध्यक्ष बलराम अधिकारी लगायतको सहभागिता रहेको थियो । अस्पतालका कार्यकारी प्रमुख डा. हेक्टर गायरस, मेडिकल डाईरेक्टर डा.एन्जिला बस्नेत लगायतले अशक्त र सिमान्तकृत तथा उपचार नै गराउन नसक्ने विरामीहरुका लागि निशुल्क उपचार सेवा उपलब्ध गराईएको बताए ।
मन्त्री थापाले आउने दिनमा शिर मेमोरियल अस्पतालको स्वास्थ्य सेवा गुणस्तर बनाउन अझै सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।