नाला/सिड नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ आंै वार्षिक साधारण सभा बनेपा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । प्रमुख अतिथी श्रेष्ठले नाला क्षेत्रमा रहेका सम्पुर्ण सहकारीमा आफुलाई अहिले सम्मको जानकारीमा समस्या नरहेको बताएका छन् ।
सबै सहकारीहरु सहकारीको ऐन नीति र कानुन अनुसार, सञ्चालन भएकाले समस्या नरहेकाले सदस्यहरुले ढुक्कसँग कारोबार गर्न आग्रह गरेका थिए । स्थानीय सदस्यहरुको थोरै रकमबाट सहकारीहरु सञ्चालनमा रहेकाले पनि सहकारीहरु निर्धक्कसँग सञ्चालनमा आएको श्रेष्ठले बताए । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटे, संस्थाका सल्लाहकार तथा बनेपा नगरपालिका वडा नम्बर ३ का पूर्व वडा अध्यक्ष कृष्णप्रसाद दाहाल, सल्लाहकार सिद्धिबहादुर कर्माचार्य, दुमो साकोसका अध्यक्ष विकास रम्तेल लगायतले शुभकामना राखेका थिए । कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन सचिव राजन श्रेष्ठले आर्थिक प्रतिबेदन कोषाध्यक्ष नवराज श्रेष्ठले र लेखा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक राजाराम दाहालले प्रस्तुत गरेका थिए । सस्थाको निक्षेप २७ करोड ८१ लाख ४६ हजार, शेयर पुँजी २ करोड ७ लाख ४१ हजार, ऋण लगानी ३० करोड ८१ लाख ५४ हजार, आम्दानी २९ लाख ५७ हजार ६ सय रहेको जनाएको छ ।
कार्यक्रममा संस्थाका ७३ वर्ष उमेर पुगेका १६ जना जेष्ठ सदस्य, उत्कृष्ट बचतकर्ता, असली ऋणी लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाले सदस्यहरुको विभिन्न आयआर्जन बढाउने कृषि, ब्यापार ब्यवसाय जस्ता क्षेत्रमा लगानी गर्दै आएको संस्थाका अध्यक्ष रेशम नेपालीले बताए । संस्थाले सदस्यको हितमा राखी बिरामी, मृत्यु संस्कार, सुत्केरीलाई सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको र सामाजिक क्षेत्र तर्फ स्वास्थ्य शिविर, रक्तदान, विभिन्न सामाजिक कार्यहरु गर्दै आएको नेपालीले बताए । कार्यक्रम संस्थाका अध्यक्ष रेशम नेपालीको सभापतित्वमा सम्पन्न भएको थियो ।