बनेपा/बनेपा वडा नम्वर ६ मा गोसाईस्थान जीवन योग प्रयोगशाला शुभारम्भ गरिएको छ । बनेपा नगरपालिका नगर उपप्रमुख विमला सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष सचितानन्द केसी, विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
अध्यक्ष कृष्ण तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीवन विज्ञानका ज्ञान र अभ्यासका बारेमा जानकारी गराईएको थियो । भानु गुरुदेव र रमेश नेपालले जीवन योग विज्ञानका बारेमा नागरिकहरुलाई सुसुचित गराउनु पर्ने प्रशिक्षण अनुसार सरु ढकाल र ईश्वरी हुमागाई दाहालले बुडोलमा गोसाईस्थान जीवन प्रयोगशालामा योग अभ्यास गराउने छन् । नियमित योग अभ्यास गरेका नागरिकहरु स्वस्थ र स्फुर्ति हुने बताईएको छ ।