2024 December 06/ 06:30: 51am

              धुलिखेल/उद्योग तथा वाणिज्य कार्यालयको आयोजनामा दशौं उद्योग दिवस २०८१ सम्पन्न गरेको छ । 
प्रमुख जिल्ला अधिकारी उमेश ढकालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख सिताराम घिमिरेको सभापतित्व रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी ढकालले राज्यकोतर्फबाट उद्योगीहरुको समस्या र कानुनी क्षेत्रमा सहजीकरण गर्ने बताए । युवा तथा महिला उद्योगीहरुलाई उद्यम सम्बन्धी तालिम प्रदान गरी उनीहरुले सञ्चालन गरेको उत्पादित बस्तुहरुको बजारीकरणमा सहयोग गर्नुपर्ने बताए । हामीले सबै उद्योगीहरुलाई समानरुपले हेर्छौ ढकालले भने तर साना लगानीका उद्योगीहरुलाई विशेष प्राथमिकता दिने प्रतिबद्धता ब्यक्त गरेका थिए । 
              कार्यक्रमका सभापति उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख सिताराम घिमिरेले सबैबाट आएका सुझावहरुलाई समेट्ने बताए । कति कुरा कानूनले बाँधिएका छौं सक्दो साना उद्यमीहरुलाई उनिहरुको माग अनुसारको सामाग्री वितरण गरी उद्यमविकासमा सहयोग पुगेको बताए । उद्यमीहरुलाई ५० प्रतिशत अनुदानमा विभिन्न प्रविधि हस्तान्तरण गर्ने बताए । नयाँ उद्योगीहरुलाई हौसला प्रदान गरी भएका उद्यागीहरुलाई अध्याबधिक गर्दै जाने घिमिरेले बताए । कार्यक्रममा जिल्ला उत्कृष्ट उद्यमीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य मञ्जु कोंजु, काभ्रे उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रताप बैद्य, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष नितेश राजभण्डारी लगायतले उद्योगीहरुले भोग्नु परेका समस्याका बारेमा ध्यानाकर्षण गराएका थिए । 
कार्यक्रम कार्यालयका रविन्द्र प्रसाद चौलागाईले सञ्चालन गरेका थिए ।