2026 September 02/ 03:52: 04am

पनौती/पनौती नगरपालिका वडा नम्बर १२ भुमेडाँडा सिमपानीमा श्रीकृष्ण प्रणामी बाईजुराज महिला समिती नेपाल भक्तपुर जिल्ला समितिले ३६ घरधुरीलाई सहयोग गरेको छ । बाढी पहिरोबाट पीडित परिवारका लागि आवश्यक पर्ने आधारभुत सामाग्रीहरु उपलब्ध गराईएको थियो । पनौतीको भुमेडाँडा बाढीपहिरोबाट अति प्रभावित वडा हो । 
    श्रीकृष्ण प्रणामी बाजुराज महिला समिति नेपाल जिल्ला कार्य समिति भक्तपुरका अध्यक्ष सरिता थापा सन्जेलको नेतृत्वमा श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति काभ्रेपलान्चोकको समन्वयमा वडा अध्यक्ष जयराम केसी मार्फत सहयोग हस्तान्तरण गरिएको थियो । कार्यक्रममा श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रीय सदस्य बालहरी थापा, श्रीकृष्ण प्रणामी बाजुराज महिला समिति नेपालका केन्द्रिय सदस्य निर्मला थापा, श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिती भक्तपुर अध्यक्ष मिलन कार्की, स्वरुप थापा लगायत श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति काभ्रेका अध्यक्ष प्राणनाथ सापकोटा, निवर्तमान अध्यक्ष उद्घव प्रसाद तिमल्सिना, सचीव सन्तोष बजगाई, श्रीकृष्ण प्रणामी बाईजुराज महिला समिती काभ्रेका अध्यक्ष सरिता सापकोटा लगायतको सहभागिता रहेको थियो ।