साधुराम राना मगर
शिखरआम्बोटे, रोशी
ग्रेस नेपालको आयोजना तथा काठमाडौ मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल काठमाडौंको प्राविधिक सहयोगमा रोशी गाउँपालिका ३ देवी मावीमा दुई दिने निःशुल्क बृहत्त स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
असोज १०–१२ सम्म परेको अविरल वर्षात्का कारण उक्त क्षेत्र प्रभावित बनेको छ । अप्टिमिस्ट इन्टरनेशनलको सह आयोजना रहेको उक्त शिविरका लागि कोलाब्रेसन क्युवेक नेपालको सहयोग रहेको थियो । रोशी गाउँपालिकाले शिविरको समन्वय गरेको थियो । रोशी गाउँपालिका वडा नम्वर ३ शिखरआम्बोटेमा कार्तिक ६ र ७ गते आयोजित बृहत्त स्वास्थ्य शिविरमा जनरल सेवा, बाल रोग, हाडजोर्नी, नाक, कान, घाँटी, दाँत, आँखा, स्त्रीरोगको परिक्षण तथा उपचार गरिएको थियो । साथै शिविरमा इसिजी सेवा, भिडियो एक्सरे सेवा, रगत तथा पिसाब परिक्षणको ल्यााब सेवा र औषधी बितरण गरिएको थियो । शिविरमा रोशी गाउँपालिकाका वडा नम्वर २, ३ र ४ बाट ४ सय ५ जनाले सेवा लिएका थिए । शिविरमा सहभागि विरामीहरुलाई थप उपचार गराउनु परेमा काठमाडौ मेडिकल कलेजमा विभिन्न सहुलियत प्रदान गर्ने बताईएको छ ।