2024 December 06/ 07:46: 15am

पनौती/पनौती नगरपालिकाका विभिन्न वडामा असोज १०–१२ मा परेको विपत्तिका कारण जनसँगै पशुधनको पनि क्षति धेरै भएको छ । जमिन, आवास तथा अन्य संरचनासँगै मुख्य आम्दानीको श्रोत पशुधनमा समेत क्षति पुग्दा नागरिकहरु थप जोखिममा परेका छन् ।
    पनौती पाडी संरक्षण गरी भैसीको पकेट क्षेत्र बनाउँदै दुध उत्पादनको मुख्य श्रोत बनाउने अभियानमा जुटेको पालिका हो । २०७४–२०७९ मा निर्वाचित जनप्रतिनिधिहरुले भैसी संरक्षण अभियान अन्र्तगत पाडी हुर्काउने, पाडी उपलब्ध गराउँदै कृषकहरुलाई मुख्य आम्दानीको श्रोतका रुपमा भैसी सँगै पशुपक्षी संरक्षणलाई प्राथमिकतामा राखेको थियो । यो पटक भैसी मात्रै पनौतीमा ६९ वटा मरे । गोठ सहित बगाएका पशुहरुकको अझै उचित ब्यबस्थापन हुन सकेको छैन । वडा नम्वर १२ मा सबै भन्दा धेरैै ३२ वटा भैसी मरेका छन् । वडा नम्वर १ मा १५ वटा भैसी मरे । वडा नम्वर २ मा ७ वटा, वडा नम्वर ३ मा ७ वटा, वडा नम्वर ११ मा ८ वटा गरी ६९ वटा पशुमा क्षति पुगेको हो । 
    भैसी पछि ठुलो क्षति गाईमा भएको छ । ६५ वटा गाई मरेका छन् । वडा नम्वर १२ मा २० वटा गाई मरे । वडा नम्वर १ र ३ मा १४÷१४ वटा गाई मरेका छन् । वडा नम्वर २ मा ७ वटा गाई मरे । वडा नम्वर ४ मा ८ वटा गाई मरेका छन् । वडा नम्वर ४ मा १ वटा बाच्छी पनि मरेको छ । एउटा पाडी पनि वडा नम्वर ४ मा मरेको छ । १३ वटा बाख्रा मरेका छन् । पनौतीमा २ सय ५७ वटा बाख्रा मध्ये वडा नम्वर १ मा ३४, वडा नम्वर २ मा ४७ वटा, वडा नम्वर ३ मा ११, वडा नम्वर ४ मा १३, वडा नम्वर  ९ मा ६ वटा, वडा नम्वर ११ मा ५० र वडा नम्वर १२ मा ९४ वटा बाख्रा मरेका छन् । 
    ५ हजार १ सय ९९ वटा कुखुरा मरेका छन् । वडा नम्वर १ मा २६, वडा नम्वर ३ मा १५ सय, वडा नम्वर ४ मा ५३ वटा, वडा नम्वर ६ मा ३ सय, वडा नम्बर ८ मा ५ सय, ९ मा ८ सय, ११ मा १४९०, १२ मा ५ सय वटा कुखुरा मरेका छन् । ५६ वटा बंगुर मरे । १२५ वटा हाँस मरे । वडा नम्वर १ मा रहेको माछा फार्ममा रहेका ८ हजार ६३ वटा माछा मरेका छन् । पनौती नगरपालिकामा कार्यरत पशु चिकित्सक डा.दिपिका रेग्मिका अनुसार मरेका पशुरुको तथ्यांक स्थानीय स्तरबाट प्राप्त सूचनाका आधारमा तयार गरिएको हो । पशुपंक्षी क्षति हुने कृषकका गोठहरु लडेका छन् । घरहरु पुरिएका छन् । जमिन भासिएको छ ।