2026 September 04/ 09:17: 38am

जनागाल/संकल्प कलेजमा नयाँ भर्ना हुने विद्यार्थीहरुलाई अभिमुखीकरण तथा स्वागत गरिएको छ । कलेजमा ब्याचलर इन इन्फर्मेशन म्यानेजमेन्ट (बीआईएम) र ब्याचलर इन हस्पिटालिटी म्यानेजमेन्ट (बीएचएम) मा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागी  कलेजको भावि योजना आगामी कार्यक्रमका बारेमा जानकारी दिईएको थियो । 
    काभ्रेमा पहिलोपटक गत बर्ष देखि बीआईएम र बीएचएम  सम्बन्धीका विषयमा अध्यापन हुदै आएको सहायक क्याम्पस प्रमुख रजिब श्रेष्ठले बताए । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष चन्द्र बहादुर खड्काले विद्यार्थीहरुलाई उक्त विषय अध्यनका लागी उपत्यका सम्म जानु पर्ने बाध्यताको  अन्त्य भएको तर गुणस्तरीयमा कुनै कमी हुन नहुने खड्काले बताए । विद्यार्थीहरुलाई अफुलाई चाहेको विषय अध्ययन गर्न यस वडामा रहेको कलेजले धेरै सहज भएको बताए । विद्यार्थीहरुलाई पढाई सगै राोजगारीको ग्यारेन्टी गर्न सकेमा विदेशीने विद्यार्थी सख्या घट्ने खड्काले बताए । कार्यक्रममा कलेजका  निर्देशक होमप्रसाद गौतमले संकल्पलाई एक अग्रणी कलेजको रूपमा स्थापित गर्न र विद्यार्र्थीहरूमा विश्वव्यापी दक्षता बढाउन आवश्यक स्रोत उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।
     कार्यक्रममा कलेजका एकेडेमी निर्देशक डुलराज चिमोरिया, प्राध्यापक जिलेशन शाह, सुशिल श्रेष्ठ, निमेस श्रेष्ठ लगाएतले कलेजमा अध्यापन हुने विषयहरुमा बारेमा बताएका थिए । कार्यक्रममा स्वागत मन्तब्य सहायक प्रिन्सिपल रजिव श्रेष्ठले राखेका थिए भने सभापतित्व एकेडेमी निर्देशक डुलराज चिमरियाले गरेका थिए । कलेजमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत समेत गरिएको थियो ।