2024 November 02/ 08:21: 32pm

धुलिखेल/नेपाली सेना कालीजंग गण तथा जिल्ला स्थित सुरक्षा निकाय र अन्य संघ संस्थाहरुको समेत समनवयमा असोज १३ गते १ सय ५५ जना र असोज १४ गते ४ सय २८ जना अलपत्र नागरिकको सुरक्षित उद्दार गरिएको छ । असोज १५ गते १२७ नागरिकहरुलाई उद्दार गरेको छ । 
    कालीजंग गण धुलिखेलका गणपति प्रमुख सेनानी प्रकशबहादुर सिंहले नेपाली सेनाका फौज विभिन्न स्थानमा परिचालन गरी खोज तथा उद्दार कार्यमा सक्रिय भएको बताए । असोज १० गते देखि निरन्तर परिरहेको अविरल बर्षातका कारण असोज ११ र १२ गते जिल्लाका विभिन्न स्थानमा क्षति हुन पुग्यो । नेपाली सेनाको कालीजंग गणले मंगलटार इलाकामा रहेका अलपत्र अवस्थाका नागरिकहरुलाई रोशी ९ मा खाद्यान्न वितरण गरेको थियो भने ३७ ब्यक्तिहरुको उद्दार गरेको थियो । जसमा २३ जना घाईते थिए । पनौती नगरपालिका वडा नम्वर १२ मा उद्दार टोली मार्फत ३ जनाको उद्दार पछि अस्पताल पठाएको थियो । रोशी गाउँपालिकामा ३ बिदेशी नागरिक सहित ४० ब्यक्तिहरुको उद्दार गरेको छ । चौरीदेउराली, बेथान्चोक गाउँपालिकामा रहेका घाईतेहरुको पनि उद्दार गरेको छ । 
    रोशी र तेमाल गाउँपालिकामा गणले २ सय भन्दा धेरै ब्यक्तिलाई खाद्यान्न सामाग्री उपलब्ध गराएको छ भने सिन्धुली र रोशी गाउँपालिमा अलपत्र रहेका विदेशी नागरिकहरु सतिह ३७ जनाले तेश्रो चरणमा धुलिखेल ल्याएको थियो । खोज र उद्धारसँगै नेपाली सेनाको फौजले स्थानीयहरुको पुरिएका घरहरुको सामाग्री निकाल्न सहयोग गरिरहेका छन् भने नागरिकहरु पुरिएको अवस्थामा खोजका लागि सहयोग गरिरहेका छन् । विपदमा नेपाली सेनाको सक्रियता चुस्त र दुरुस्त रहेको बेथान्चोक गाउँपालिकाका स्थानीय किरण कार्कीले बताए । नेपाली सेनाको कालीजंग गणले उद्दारको तेश्रो दिन पनि विरामी, अशक्त तथा अलपत्र परेकाहरुलाई उद्दार गरेको छ ।