श्रीखण्डपुर/लायन्स क्लब अफ श्रीखण्डपुरको वर्ष २०२४/०२५ का लागी तेस्रो कार्य समितिले पदस्थापना गरिएको छ ।
वर्ष २०२३/०२४ का अध्यक्ष भवसागर रंजितले वर्ष २०२४/०२५ का अध्यक्ष श्रीप्रकाश श्रेष्ठलाई पद हस्तान्तरण गरेका छन् । पद हस्तान्तरण कार्यक्रमको सभापतित्व वर्ष २०२३/०२४ का अध्यक्ष भवसागर रंजितले गरेका थिए । वर्ष २०२४/०२५ का लागि प्रथम उपाध्यक्ष सुरज श्रेष्ठ, द्वितीय उपाध्यक्ष पूर्ण सागर रंजित सचिव पर्वाती थापा कोषाध्यक्ष हरिकृष्ण रंजित रहेका छन् । कार्यक्रममा धुलिखेल नगरपालिका उप–प्रमुख निराजन जंगमको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा ३२५न् का डिष्ट्रिक गर्भनर कमल बहादुर कायस्थ, प्रथम उपाध्यक्ष डिष्ट्रिक गर्भनर विधान जोशी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमका सभापति भवसागर रंजितले क्लबले विभिन्न सामाजिक कामहरु गर्दै आएको र आगामी दिनमा उक्त कार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए । कार्यक्रम पश्चात श्रीखण्डपुरमा स्वर्णीम रंजितको अध्यक्षतामा लियो क्लब अफ श्रीखण्डपुर गठन गरिएको छ । क्लबको उपाध्यक्षमा युनी रंजित सचिव समिर प्रजापती कोषाध्यक्ष समिर रजिंत रहेका छन् ।