2024 October 15/ 02:39: 41am

           कुशादेवी/पातिखोरिया कृषि सहकारी संस्था लि., नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे शाखा र कुशादेवी इकाईको सयुक्त आयोजनामा विश्व मुटु दिवसको अवसरमा तथा मुटु बचाउ सम्बन्धी चेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।  
             उक्त कार्यक्रममा हृदयरोग प्रतिष्ठान कुशादेवी इकाईका संयोजक रामशरण हुमागाईको सभापतित्व रहेको थियो भने प्रमुख अतिथि नेपाल हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला शाखाको निवर्तमान सभापति अशोक कुमार श्रेष्ठले गरेका थिए । प्रमुख अतिथी श्रेष्ठले १० सुत्रीय मुटुरोग बारे जानकारी, बच्ने उपायहरु, मुटु बचाउको लागि अवलम्बन गर्नुपर्ने निर्देशनहरु बताएका थिए । 
कार्यक्रममा प्रतिष्ठानका सदस्य तथा कम्युनिटी नर्सिङ अधिकृत रुपा कर्माचार्यले मुटु रोग बारेमा बिस्तृत जानकारीको प्रस्तुत गर्दै  मुटु बिना जीवन छैन, मुटुको प्रकृयाले नै शरीरको करोडौ कोषहरुमा अक्सिजन र पोषण रस पुर्याउने, मुटु स्वस्थ हुनु पर्ने, ट्रान्सफ्याट र रुम टेम्परेचरमा जम्ने खानेकुराको खान नहुने, ३ थरी “चि” “चिल्लो चि(नू) चिनीलाई मात्राहरु बुझेर मात्र प्रयोग गर्ने, अनावश्यक सशक्त प्रयोग निषेध गर्ने, दैनिक आधाघण्टा मुटु मैत्री अभ्यास गर्ने, तथा पानी पिउने तरीका बारे बताएकी थिईन । कार्यक्रममा प्रतिष्ठानका सह–कोषाध्यक्ष तथा पतंजली योग बागमती प्रदेशका सल्लाहकार सरिता शाक्य, नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे जिल्ला शाखाको सभापति टिकाभक्त भोछिभोया, उप–सभापति सिद्धिबहादुर कर्माचार्य, कोषाध्यक्ष रामप्यारी श्रेष्ठ, संगठन तथा सदस्यता अभिबृद्धि उप–समितिका सदस्य लक्ष्मी गौतम, कुशादेवी ईकाईको पदाधिकारीहरु सदस्यलगायतको उपस्थिती रहेको थियो ।