2026 September 05/ 01:44: 17pm

नाला/पंतजलि योग समिति काभ्रेको आयोजनामा बनेपा नगरपालिका वडा नम्बर ४ नालामा सह–योग शिक्षक प्रशिक्षण शुरु गरिएको छ । 
प्रशिक्षणको उद्घाटन पंतजलि योग समिति बाग्मती प्रदेश प्रमुख एंव केन्द्रिय सदस्य ग्रुवेन तौजलेले गर्नु भएको थियो  । प्रमुख अतिथि तौजलेले काभ्रे जिल्लालाई योगमय जिल्ला बनाउन उक्त तालिमबाट प्राप्त ज्ञानलाई जन–जन सम्म पु¥याउन प्रशिक्षार्थी आग्रह गर्नु भयो ।  
    कार्यक्रममा स्वागत मन्तव्य महिला पतंजलि योग समितिका अध्यक्ष ईन्दिरा तौजलेले गर्नुभएको थियो । कार्यक्रममा जिल्लाका पदाधिकारीहरु, नि.व. अध्यक्ष हरिशरण श्रेष्ठ, उपाध्यक्ष मोहन कृष्ण श्रेष्ठ, महामन्त्री श्यामकुमार श्रेष्ठ, संगठन मन्त्रि कान्छा कुमार श्रेष्ठ, बाग्मती प्रदेश सल्लाहकार सरिता शाक्य लगायत नाला भेगका ७ वटा योग सेन्टरका पदाधिकारीहरु र स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतित्व पंतजलि योग समिति काभ्रेका अध्यक्ष प्रकाश कायस्थले गर्नुभएको थियो भने कार्यक्रमका सञ्चालन पंतजली युवा नेपालका अध्यक्ष रमेश श्रेष्ठले गर्नुभएको । उक्त प्रशिक्षण १५ दिन सम्म संचालन हुने र सो प्रशिक्षणमा ७० जना सहभागी रहेको छ । 
यसैविच आचार्य बालकृष्ण महाराजको शुभ जन्मोत्सव तथा जडिबुटी दिवसको अवसरमा जिल्ला भरका योग साधना केन्द्रहरुमा श्रावण १४ गतेदेखि २० गते सम्म गायत्री महामन्त्र जप गरी मनाईरहेको जानकारी सञ्चार प्रभारी मिलन भक्त श्रेष्ठले दिनुभयो ।