2026 April 30/ 03:41: 04pm

    बनेपा/महेश्वरी कृषि सहकारी संस्था लिमिटेड बनेपा ४ नाला शेराले कार्यालय उद्घाटन एवं पूर्व पदाधिकारीहरुलाई सम्मान गरेको छ । नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम अध्यक्ष श्याम सापकोटाको अध्यक्षता रहेको थियो ।
    कार्यक्रममा बोल्दै नगर उपप्रमुख सापकोटाले कृषि सहकारी मार्फत स्थानीय स्तरमा रोजगार सिर्जना गर्नु पर्ने बताईन् । स्थानीय सरकारले समेत कृषि र पशुपालन क्षेत्रमा विभिन्न कार्यक्रम तय गरी कार्यान्वयन शुरु गरिएकाले नगरका सबै क्षेत्रमा कृषि कार्यक्रम प्रभावकारी बनाउनु पर्ने बताईन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना, वडा अध्यक्षहरु कृष्णप्रसाद दाहाल र श्यामसुन्दर श्रेष्ठ, पनौती नगरपालिका पशुपन्क्षी शाखाका प्रमुख मणिप्रसाद सापकोटा, काभ्रे उद्योग बाणिज्य संघका महासचिव कैलाश पलाञ्चोके, डाईनामिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष माधव सिग्देल, पञ्चशिल सहकारीका शिवराम सिग्देल लगायतले मन्तब्य राखेका थिए ।
    अध्यक्ष श्याम सापकोटाले सहकारी मार्फत स्थानीय क्षेत्रमा कृषि उत्पादन बढाउन र कृषकहरुको क्षमता अभिबृद्धि गर्न नयाँ योजनाका साथ अगाडी बढ्ने बताए । कार्यक्रममा पूर्व अध्यक्षहरु पुरुषोतम सापकोटा, रामचन्द्र दवाडी र श्रीधर पराजुली तथा कार्य समितिका पूर्व सचालक सदस्यहरुलाई सम्मान गरिएको थियो ।