बनेपा/शिक्षा सदन माध्यमिक विद्यालयको ५७ औ वार्षिक उत्सब तथा पुरस्कार वितरण कार्यक्रम बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मी नरंसी बादेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी बादेले सामुदायीक विद्यालयको शिक्षा सुधार उन्मुख भएकोले विद्यालय प्रति अभिभावको चासो रहनु स्वाभाविक भएको बताए । पहिलाको भन्दा केही मात्रमा सुधार भएपनि अझ धेरै सामुदायीक विद्यालयहरुलाई सुधार गर्नु पर्ने बताए । स्थानीय तहमा हस्तान्तर भए पश्चात सामुदायीक विद्यालयका समस्याहरु विस्तारै हल गर्दे लगिने र दरबन्दि मिलान लगाएत भौतीक संरचनाहरु विस्तारै सुधार गरिदै लगिने बताएका थिए ।
कार्यक्रममा विद्यालयको वार्षिक गतिबिधी विद्यालयका प्रध्यानाध्यापक पुकार कर्णजितले सभामा पेश गरेका थिए । विद्यालयमा शैक्षिक सत्र २०७५मा ३ सय ९८ जना विद्यार्थीहरुले अध्ययन गरिरहेको जनाएका थिए । २ सय ८ जना विद्यार्थीहरुलाई छात्राबबृत्ति प्रदान, शैक्षिक प्रर्दशनी, मासिक भित्ते पत्रिका प्रकाशन, विद्यालयको मुखपत्र शिक्षा पुञ्ज प्रकाशन, पुस्कालयको स्थापना, महिला मैत्री शौचालय स्थापना, महिलाहरुलाई सेनेटरी प्याडको ब्यबस्था, शिशु–केजी सम्म अंग्रजी माध्यमबाट अध्यापन गराईने लगाएतका बार्षिक कार्य प्रगति पेश गरेका थिए । विद्यालयको आगामी कार्यक्रममा घेरा बार निमार्ण, सरसफाई अभियानलाई निरन्तरता दिने, विद्यालयको नयाँ भवन तल्ला थप लगाएतका योजना रहको कर्णजितले वताए ।
कार्यक्रममा शिक्षा समन्वय समितीका प्रमुख डिक बहादुर राई, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजकुमार घिमिरे, बनेपा नगरपालिका ८ नं वडा अध्यक्ष दानबहादुर मानन्धर, ९ नं का शेरबहादुर सुवाल, बनेपा नपा शिक्षा शाखा प्रमुख शिवराज त्रिपाठी, यूवा ब्यबसायी रत्नकुश रञ्जित, बरिष्ठ साहित्यकार मोहन दुवाल, विद्यार्थी प्रतिनिधी द्धय सिर्जना राई र सुसूमता बुढाथोकी लगाएतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा एसईईमा उतिर्ण तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य शिक्षक केशब ज्ञावालीले राखेका थिए भने सञ्चालन शिक्षिकाद्धय अनिता कर्णजित र ज्ञानु दाहाले सञ्चालन गरेका थिए । कार्यक्रम विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष चमन कायस्थको सभापतित्वमा सम्पन्न भएको थियो ।





