2026 April 30/ 10:19: 49am

    बनेपा/गोदाम चोक एकिकृत टोल सुधार समितिले ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरन्जन भट्टराईलाई स्वागत गरेको छ । 
    ईलाका प्रहरी कार्यालय बनेपामा भर्खरै सरुवा भएर आएका प्रहरी निरिक्षकलाई चाडबाड तथा अन्य समयमा टोलको सुरक्षाका बारेमा र गोदमाचोकमा रहेको प्रहरी विटलाई निरन्तर सञ्चालनमा ल्याउन सुझाब दिएका थिए । टोलमा सुरक्षा चुनौती बढेको र बस्ती पनि बढेकाले प्रहरीको सुरक्षा गस्ती, पेट्रोल गस्ती बढाउन स्थानीयले प्रहरी निरिक्षक भट्टराईलाई आग्रह गरेका थिए ।  कार्यक्रममा नेपाल निजामति कर्मचारी सगंठनका अध्यक्ष राजकुमार हुमागाई, बनेपा नगरपालिका वडा नम्वर ७  का पुर्व वडा अध्यक्ष राजन शाक्य लगायतका ब्यक्तिहरुले प्रहरी निरीक्षक निरञ्जन भट्टराईको ध्यानाकर्षण गराएका थिए । प्रहरी निरीक्षक निरञ्जन भट्टराईले समुदायको सहयोग विना प्रहरी एक्लैले केहि गर्न नसकिने बताएका थिए । ‘तपाईहरु सहि सुचना दिनु होस, हामी २४ सै घण्टा तपाईहरुको सुरक्षामा छौ’–भट्टराईले वताए । कार्यक्रम टोल सुधारका अध्यक्ष उदयराम कायस्थको सभापतित्वमा तथा सदस्य माधबमणी हुमागाईको सञ्चालनमा सम्पन्न भएको थियो ।