नाला/बनेपाको नालामा रहेको डाइनामिक युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौ बार्षिक साधारण सभा जेष्ठ सदस्य ठाकुरप्रसाद दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रममा विशिष्ठ अतिथीहरु बनेपा नगरपालिका वडा नम्वर २ का अध्यक्ष हरिशरण घिमिरे, वडा नम्वर ३ का अध्यक्ष कृष्णप्रसाद दाहाल, वडा नम्वर ४ का अध्यक्ष श्यामप्रसाद श्रेष्ठ, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव उदयराम कायश्थ, कलाकार दयाराम दाहाल, निर्माता रामकृष्ण बजगाई, नारी जागरण साकोसका अध्यक्ष निर्मला श्रेष्ठ, सिड नेपाल अध्यक्ष रेशम नेपाली, सल्लाहकार मणिप्रसाद सापकोटा लगायतले सहकारीले नाला क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए । सहकारीको सभाले पुनः माधव सिग्देलको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । बरिष्ठ उपाध्यक्षमा पुरुषोतम बजगाई, उपाध्यक्ष नवराज बजगाई, सचिव उपेन्द्र दाहाल, सह सचिव बृद्धिकृष्ण घिमिरे, कोषाध्यक्ष गौतम श्रेष्ठ रहेका छन् । सदस्यहरुमा श्रीधर पराजुली, गंगा दाहाल, गुणराज दाहाल, लक्ष्मण श्रेष्ठ र बुद्धिमान तामाङ रहेका छन् ।
सहकारीको सभामा सचिव उपेन्द्र दाहालले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष गौतम श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक भुवन श्रेष्ठले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । लेखा समितिमा भुवन श्रेष्ठ संयोजक, उमेश दाहाल र राजकुमार दाहाल सदस्य रहेका छन् । आर्थिक वर्षको अन्त्यमा सहकारीले ९० लाख १० हजार ८ सय शेयर पुँजी, ८ करोड ३२ लाख ७७ हजार बचत सकलन गरेको छ । ८ करोड ७१ लाख ऋण लगानी गरी १ करोड २१ लाख ४४ हजार ५ सय ९३ आम्दानी गरेको छ । सभामा उत्कृष्ट ब्यक्तिलाई सम्मान गरिएको थियो ।





