2026 April 30/ 09:07: 47am

    बनेपा/नेपाल सरकारले मन्त्रीपरिषद्को निर्णयबाट २०७५ असार २० गते खारेज गरेका निर्णयहरु कार्यान्वयन गर्न शुरु भएको छ । सोहि निर्णयका आधारमा जिल्लाका सबै नगर विकास समिति खारेज भएका छन् । 
    सहरी विकास मन्त्रालयले बनेपा, पनौती, धुलिखेल, पाँचखाल लगायतका नगर विकास समिति खारेज गरेको पत्र नगरपालिकाहरुलाई पठाएको छ । बनेपामा अनन्तप्रसाद दाहाल, पनौतीमा रामकुमार बस्नेत, धुलिखेल र पाँचखालमा रहेका नेपाली कांग्रेसका नेताहरु पदमुक्त भएका छन्् ।