2026 October 17/ 01:45: 51am

    बनेपा/हाचीको जापानीज भाषा तथा संस्कृति केन्द्रमा विजया दशमी २०८३ को पावन अवसरमा विशेष साँस्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । 
    नेपाली मौलिक कला, संस्कृति, परम्परा र चाडपर्वको महत्वलाई आत्मसात गर्दै केन्द्रका सदस्य तथा विद्यार्थीहरूबीच आपसी सद्भाव, एकता र आत्मीयता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा जापानी क्याराओके, काहुट क्विज तथा विभिन्न समूहगत सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएका थिए । कार्यक्रमको मुख्य आकर्षणका रूपमा ९ जना विद्यार्थीहरुले धारणा प्रस्तुत गरेका थिए । प्रतियोगीहरूले जापानी भाषा, संस्कृति, जापान जाने सपना, दैनिक परिवेश तथा आफ्नो अनुभवका विषयमा धारणा प्रस्तुत गरेका थिए । साथै हाचिको बनेपाले उपलब्ध गराएको भाषा तथा संस्कार र संस्कृतिका बारेमा पनि धारणा राखेका थिए । प्रतियोगितामा सहभागीहरूमध्ये उत्कृष्ट प्रस्तुति दिँदै मनोज श्रेष्ठ प्रथम, प्रजिता गोले दोस्रो र निमा तामाङ तेस्रो हुन सफल भएका छन् ।  
    कार्यक्रममा बोल्दै केन्द्रका कार्यकारी प्रमुख तथा संस्थापक÷प्रिन्सिपल आशिष लामाले विद्यार्थीहरूमा आफ्नो विचार स्पष्ट रूपमा व्यक्त गर्ने क्षमता बढाउनुका साथै जापानी भाषा र संस्कृतिप्रतिको बुझाइलाई अझ निखार्न सहयोग पु¥याउने बताए । सांस्कृतिक कार्यक्रमले नेपालको कल र संस्कृतिको संरक्षणमा थप योगदान पु¥याउने बातउँदै संस्कार सहितको शिक्षामा जोड दिए । केन्द्रले सम्पूर्ण विद्यार्थी, अभिभावक तथा देश–विदेशमा रहनुभएका नेपालीहरूमा विजया दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको थियो । कार्यक्रममा विजेताहरूलाई पुरस्कार वितरण गर्नुका साथैे शुभकामना मन्तव्य व्यक्त गरिएको थियो । नेपाल पत्रकार महासंघ काभ्रेका पुर्व अध्यक्ष मोतीराम तिमल्सिना, मदानी विट डटकमका सह–सम्पादक विकास तिमल्सिना तथा हाचिकोका शिक्षकहरु र विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।