पनौती/पनौती नेपाल र पनौती नेपाल महिला समूहको आयोजनामा २०८३ भदौ १० गते रसुवा नुवाकोट धादिङ चितवन लगायत मुलुकका विभिन्न भूभागमा आएको विनाशकारी बाढीपहिरो एवं प्राकृतिक विपत्तिको चपेटामा परि अल्पायुमा जीवन गुमाउनु भएका मृतकहरुको १३ औं दिनको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन गरेको छ ।
घाइतेहरूको शीघ्र पूर्ण स्वास्थ्य लाभको कामना साथै बेपत्ता नागरिकहरूको अविलम्ब खोज तथा उद्धार पीडित परिवारजनलाई तत्काल अति आवश्यक राहत आधारभूत सेवाको प्रबन्ध एवं सर्वस्व गुमाएका परिवारको पुनःस्थापनाको लागि सम्बन्धित सम्पूर्ण निकायमा गम्भीर ध्यान आकर्षण गराएको छ । जलवायु परिवर्तनका कारण सिर्जित अस्वभाविक मौसमी फेरबदल र विपद्को वर्ग चित्रलाई नेपाल जस्ता अति संवेदनशील राष्ट्रहरुलाई मानवीय तथा भौतिक रुपमा जाँदै मर्माहित बनाएको छ विश्वव्यापी तापमान वृद्धिमा नेपालको भूमिका सुन्ने प्राय हुँदाहुँदै पनि हामीले बेहोर्नु परेको यो अपार क्षति नितान्त अन्यायपूर्ण यथार्थलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज बुलन्द गर्दै जलवायु न्याय हानि तथा क्षति सयन्त्र मार्फत नेपालले पाउनुपर्ने आधिकारिक सहितको आर्थिक एवं प्राविधिक सहयोग सुनिश्चितता गराउन नेपाल सरकारले ढुदतापूर्वक कूटनीतिक पहल कदमी लिनुपर्ने आवश्यकता देखिएको अध्यक्ष विकास होराजु र महिला समुहकी अध्यक्ष सुनमाया प्रधान द्धारा जारी गरीएको विज्ञप्तीमा जनाईएको छ ।
साथै भविष्यमा यस्ता प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षति न्यूनीकरण गर्ने प्रभावकारी पूर्व सूचना प्रणाली जोखिमयुक्त बस्तीको सुरक्षित स्थानान्तरण, नदी नालाको प्राकृतिक बढाव बहाव क्षेत्रको संरक्षण एवं विपद् व्यवस्थापन तथा उद्धार संयन्त्रलाई चुस्त दुरुस्त बनाउन राज्यले दीर्घकालीन नीति र दूरदर्शी योजना अवलम्बन गरोस् भनी पनौती नेपाल र पनौती नेपाल महिला समुहले जोडदार आह्वान गरेको छ ।









