2026 October 21/ 11:34: 24pm

    धुलिखेल/जिल्लाका लागि विनियोजन भएको पँुँिगत खर्च चालु वर्षको मंसिर मसान्तसम्म ४ प्रतिशत मात्रै खर्च भएको छ । संघीय सरकारको उक्त बजेट पाँच महिनामा ४ प्रतिशत खर्च भएको हो । प्रदेशतर्फ भने ११.४८ प्रतिशत खर्च भएको छ । 
    संघतर्फ बार्षिक बजेट १२ अर्ब ३९ करोड ५४ लाख ७० हजार १ सय १८ रुपैयाँ मध्ये ३ अर्ब ६ करोड ७२ लाख २६ हजार ९ सय १५ रुपैयाँ निकासा भएको छ । निकासा भएको मध्ये चालु ३२.२९ प्रतिशत र पुँजिगत ४ प्रतिशत गरी कुल खर्च २४.७४ प्रतिशत खर्च भएको छ ।  चालु तर्फ निकासा भएको २ अर्ब ९३ करोड २२ लाख ८५ हजार २ सय ४४ रुपैया खर्च भएको छ भने पुँजिगत तर्फ १३ करोड ४९ लाख ४१ हजार ६ सय ७१ रुपैया खर्च भएको छ । पँुजिगत शिर्षकमा ३ अर्ब ३१ करोड १२ लाख २४ हजार रुपैया खर्च भएको छ । त्यस्तै प्रदेशतर्फ विनियोजन भएको ४ अर्ब ४२ करोड २२ लाख ६५ हजार ४ सय ७७ रुपैयाँ  पुँजिगत खर्च मध्ये ५० करोड ७९ लाख ११ हजार ७ सय ६६ रुपैया खर्च भएको छ । प्रतिशतका आधारमा यो ११.४९ प्रतिशत हो । चालुतर्फ १अर्ब ८१ करोड २१ लाख ४३ हजार ६ सय ५५ रुपैयाँ मध्ये ५९ करोड ६१ लाख ८६ हजार ७ सय ६३ रुपैयाँ खर्च भएको छ । प्रतिशतका आधारमा यो ३२.८९ प्रतिशत हो । 
    काभ्रेपलाञ्चोक जिल्लामा चालु वर्षको ५ महिनामा मसिंर मसान्तसम्ममा १ अर्ब २८ करोड ४७ लाख ७० हजार ४ सय ९२ रुपैया संकलन भएको छ । राष्ट्रिय बाणिज्य बैक धुलिखेल, नेपाल बैक बनेपा, कृषि विकास बैंक बनेपाको संघतर्फ १ अर्ब १५ करोड ९७ लाख ७० हजार १ सय २५ रुपैया राजश्व संकलन भएको छ भने प्रदेशतर्फ १२ करोड ५० लाख ३ सय ६७ रुपैयाँ संकलन भएको छ ।