2026 October 21/ 07:06: 53pm

सैनिक श्रीमती संघले हस्तान्तरण ग-यो सामाग्री
    पनौती/नेपाली सेना कालीजंग गण अन्र्तगत सुरक्षा गुल्म पनौतीले पनौती नगरपालिका वडा नम्वर ७ मा रहेको स्वास्थ्य चौकीमा रहेको प्रसुती गृह स्तरोन्नती कार्य सम्पन्न गरेर हस्तान्तरण गरेको छ । 
    नेपाली सेनाका उपत्यका पृतनापति योगराज शर्माले स्तरोन्नती भवनको उद्घाटन गर्नु भएको थियो । ‘स्तरोन्नती भवनले नागरिक र सैनिक बीचको सम्वन्धलाई प्रगाढ बनाउने छ’–पृतनापति योगराज शर्माले भन्नुभयो–‘नागरिक र सैनिक सम्वन्ध सुदृढ गर्न नेपाली सेना केन्द्रित हुँदै आएको छ ।’ नेपाली सेनाले गढीको संरक्षण, किरियापुत्री भवन निर्माण, विद्यालय भवन, स्वास्थ्य सस्था निर्माण तथा नागरिकहरुलाई आवश्यक पर्ने हरेक क्षेत्रमा उपस्थिती गराएको पृतनापति योगराज शर्माले बताउनु भयो । कार्यक्रममा नगर प्रमुख रामशरण भण्डारीले स्थानीय सरकारसँग नेपाली सेनाको सहकार्य उच्च स्तरको रहेको बताउनु भयो । पनौतीको स्मारक संरक्षण तथा गढीहरुको संरक्षण र प्रचारप्रसारमा नेपाली सेनाको सहयोग अविश्मरणीय रहेको उहाँले बताउनु भयो । फुलचोकी देखिको पर्यटन क्षेत्रको प्रसार प्रसार संरक्षणका लागि नेपाली सेनासँग सहकार्य गरिने नगर प्रमुख भण्डारीले बताउनु भयो । 
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, कालीजंग गणका गणपति कर्णेल मिलन थापा, नगर उपप्रमुख गिता बञ्जारा, जिल्ला प्रहरी प्रमुख एसपी चक्रराज जोशी, प्रमुख प्रशासकिय अधिकृत प्रणराज न्यौपाने, वडा अध्यक्ष सविन ताम्राकार लगायतको सहभागिता रहेको थियो । वडा अध्यक्ष सविन ताम्राकारले पनौतीको केन्द्र भागमा रहेको स्वास्थ्य संस्थालाई स्तरोन्नती गरी प्रसुती सेवालाई गुणस्तरीय बनाउन नेपाली सेनाले गरेको सहयोगको प्रशंशा गर्नु भयो । आगामी दिनमा उक्त संस्थालाई अस्पतालको रुपमा विकास गर्ने योजना रहेको वडा अध्यक्ष ताम्राकारले बताउनु भयो । नेपाली सेनाको आपतकालिन सहयोग शिर्षक अन्र्तगत पनौती नगरपालिका वडा नम्वर ७ मा रहेको बर्थिङ्ग सेन्टरमा सहयोग उपलब्ध गराएको हो । पुर्वाधार निर्माण सँगै प्रसुती गृहका लागि आवश्यक सामाग्री उपलब्ध गराउने बताएको छ । श्रीमती सैनिक संघले बुधबार उक्त संस्थालाई सामाग्री उपलब्ध गराउने छ । उक्त कार्यका लागि नेपाली सेनाले १० लाख रकम विनियोजन गरेको थियो । विनियोजित रकमबाट स्वास्थ्य चौकीको माथिल्लो तल्लाको भुई ढलान, कोरामसिनो, पार्टेसन गरिएको छ । 
    नगर भित्रको महत्वपूर्ण र गुणस्तरीय सेवा प्रदान गरिरहेको स्वास्थ्य चौकीले नागरिकहरुलाई थप सेवा दिन विभिन्न कार्यक्रमहरु गरिरहेको छ । स्वास्थ्य चौकी सँगै नगरपालिकालको वडागत बजेटमा केहि वर्ष अघि देखि शुरु गरेको अस्पताल निर्माणको कार्य पनि जारी रहेको वडा अध्यक्ष ताम्राकारले बताउनु भयो ।