2026 October 21/ 06:03: 51pm

बनेपा/आदर्श विद्या मन्दिर कुलमा आयोजित ७ दिने योग विज्ञान शिविर समापन भएको छ । 
कार्यक्रम पतंजली योग समिति बाग्मती प्रदेश प्रमुख ग्रोविन तौजलेको प्रमुख आतिथ्यतामा भएको थियो  । कार्यक्रममा प्रमुख अतिथि तौजलेले स्वस्थ समाज निर्माणको लागि विद्यालय स्तरबाट योग जागरण अभियान थालनी गरेको बताउनु भयो । उक्त कार्यक्रममा पतंजली योग समिति प्रदेश सल्लाहकार सरिता शाक्य, सदस्य दमन कुमार श्रेष्ठ, पतंजली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठ, उपाध्यक्ष प्रकाश कायष्ठ, महिला उपाध्यक्ष ईन्दिरा तौजलेले शुभकामना मन्तव्य राख्नु भएको थियो । 
कार्यक्रमको सभापतित्व पतंजली योग समिति महिला अध्यक्ष अनु श्रेष्ठले गर्नुभएको थियो भने संचालन विद्यालयका  प्रिन्सिपल राम प्रसाद तिमिल्सिनाले गर्नुभएको थियो ।