2026 October 21/ 02:41: 43pm

    धुलिखेल/हुँदै नभएको जग्गा देखाएर ठगि गर्ने धादिङ्ग घर भई बनेपा बस्दै आएका रवि रेग्मिलाई रुकमणी हुमागाई, गणेश मैनाली, पुण्यवती श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, रिता तिमल्सिना, निर्मला उप्रेति, लालकृष्ण घिमिरे सहितको उजुरीका पक्राउ गरी शुरु गरिएको अनुसन्धान जारी छ । 
    प्रहरी प्रमुख एसपी चक्रराज जोशीका अनुसार ठगिमा संलग्नहरुको पहिचान र प्रमाण पुग्ने तथ्यहरुको जाँच भईरहेको छ । मालपोत कार्यालयको श्रेस्तामा जग्गा धनिहरुको तस्विर टाँस गरी जग्गा पास गरेको जस्तो देखाउन सहयोग पु¥याउने मालपोत कार्यालयका शशित भण्डारी, राम विनय यादव लगायतका अन्य कर्मचारीहरुको संलग्नता पुस्टि हुँदैछ । नक्कली लालपुर्जा प्रिन्ट गराउन सहयोग पु¥याउने मालपोत कार्यालयका कर्मचारी, कित्ताकाटको नक्कली कागजात तयार गर्न सहयोग पु¥याउने नापि कार्यालयका कर्मचारी, नक्कली लिखत तयार गरी जग्गा पास गराउन ठेक्का लिने लेखापढी ब्यवसायी सीताकुमारी थापा र उनका श्रीमान राजन थापा, जग्गा खरिद विक्री गर्न सहयोग पु¥याउने रविका साझेदारहरु, नक्कली कागजात गर्न साक्षी बसि प्रमाणीत गर्ने ब्यक्तिहरु लगायतलाई प्रहरीले बयान लिईरहेको छ । सीताकुमारी र राजन अझै फरार छन् । 
    बनेपा नगरपालिका वडा नम्बर ९ का तत्कालिन वडा अध्यक्ष शेरबहादुर सुवालले कागजात देखाएकै आधारमा मानिस उपस्थित नभई बैनाको कागज प्रमाणित गरेका थिए । रवि रेग्मिले आफैले तयार गरेको डेड करोडको बैना कागज नक्कली थियो । त्यहि नक्कली कागज राजश्व लिएर वडाअध्यक्ष सुवालले प्रमाणित गरिदएका थिए । रविले त्यहि प्रमाणीत कागजात देखाएर धेरैलाई ठगी गरेका थिए । केहि सहकारीका नामको कागज पनि रविले नक्कली बनाएको खुलेको छ । ति सहकारीका संचालक तथा प्रवन्धकहरुसँग पनि प्रहरीले बयान लिएको छ । प्रहरी प्रवक्ता डिएस्पी हरि खतिवडाका अनुसार अनुसन्धान जारी रहेकाले अन्य धेरै कुरा खुल्न बाँकी छ । पीडितहरुले २ करोड १८ लाख ५१ हजार ८ सय ७५ ठगी भयो भन्दै दिएको जाहेरीमा रविले अस्विकार गरेका छन् । रविले ७ जनाको १ करोड ४२ लाख रुपैया मात्रै आफैले लिएको बयान दिएका छन् । रविले बनेपामा रहेको दक्षिणकाली हार्डवेयरको खातामा ३३ लाख ५६ हजार, नारायण विष्टलाई २० लाख, हरी पराजुलीलाई २५ लाख, मनकामना सहकारीका अध्यक्ष बालकृष्ण दाहाललाई १० लाख, रामराज जोशी १६ लाख ५० हजार, दिपेन्द्र मुनाकर्मी ३ लाख, उत्तमप्रसाद भट्टराई ५ लाख, धर्मराज दाहाललाई ३ लाख, रोशनदाश बाँनियालाई ४ लाख, मैया दमैलाई २० लाख दिएका छन् । उनको घरबाट ८ लाख ५० हजार नगद बरामद भएको छ । उनिहरु विभिन्न स्थानमा सबै जग्गाको कारोवारमा विभिन्न ढंगबाट संलग्न भएकाले रविले रकम फिर्ता दिएको बताएका छन् । उनले तिरेको रकम १ करोड ५० लाख देखिन्छ ।