धुलिखेल/स्थानीय तहको निर्वाचन २०७४ मा नेकपा एमालेले प्रमुख पदमा ६८ हजार ६ सय ४७ मत प्राप्त गरेको थियो । एमालेले थपिएका मतदाताहरुको आर्कषण बढाउँदै एक्लै प्रतिस्पर्धा गर्दा जिल्लामा १६६०८ मत बढाएको छ । २०७९ को स्थानीय तहको निर्वाचनमा एमालेले ८५२५५ मत प्राप्त गरेको छ ।
गठवन्धन गरेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, मधेशवादी दलहरु समेतको कुल मत जिल्लामा १ लाख ६ हजार २ सय १० मत रहेको छ । एमालेको भन्दा गठबन्धनको मत २० हजार ९ सय ५५ मात्रै धेरै छ । एक्लाएक्लै प्रतिस्पर्धा गर्दा एमाले जिल्लाको पहिलो शक्ति बनेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले प्राप्त गरेको कुल मत प्रमुख पदमा ६८ हजार ६ सय ४७ रहेको थियो भने नेपाली काँग्रेसले प्राप्त गरेको कुल मत प्रमुख पदमा ६३ हजार १ सय ३९ रहेको थियो । त्यस्तै नेकपा माओवादी केन्द्रले प्राप्त गरेको कुल मत प्रमुख पदमा २९ हजार २ सय ७५ रहेको छ ।
२०७९ सालमा गठवन्धनको मत प्रमुख र अध्यक्ष पदमा १ लाख ६ हजार २ सय १० मत प्राप्त गरेका छन् उपप्रमुख र उपाध्यक्ष पदमा ९७ हजार ३९ रहेको छ । नेकपा एमाले एक्लैले एमालेको मत प्रमुख र अध्यक्ष पदमा ८५ हजार २ सय ५५ रहेको छ भने उपप्रमुख र उपाध्यक्ष पदमा ८१ हजार ७ सय ३ रहेको छ ।
स्थानीय तहका पाँच वर्षे सारथी
धुलिखेल/जिल्लाका १३ वटै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले सपथसँगै कार्यभार सम्हालेका छन् । लोकप्रियताका लागि केहि पदाधिकारीहरुले नयाँ योजना बताए पनि आगामी पाँच वर्ष उनिहरुले गर्ने कार्यका आधारमा नागरिकहरुले मुल्यांकन गर्नेछन् ।
धुलिखेल नगरपालिकामा एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जु निर्वाचित हुनु भएको छ । उपप्रमुखमा नेकपा एमालेका जिल्ला सदस्य, एमालेबाट वडा अध्यक्ष निर्वाचित भई अन्तिम अवस्थामा नेपाली काँग्रेस प्रवेश गरेका निराजन जंगम गठवन्धनबाट विजयी भएका छन् । उनै अशोक ब्याञ्जुसँग काम गर्न असहज भएको भन्दै काँग्रेस प्रवेश गरेका जगम ब्याञ्जुकै छत्रछायाँमा काम गर्नु पर्ने जिम्मेवारीमा पुगेका छन् । धुलिखेलमा एमालेके बहुमत छ ।
बनेपामा गठबन्धनबाट नेपाली काँग्रेसका शान्तिरत्न शाक्य प्रमुख पदमा विजयी भएका छन् भने एमालेकी विमला सापकोटा उपप्रमुख पदमा विजयी भएकी छिन् । बनेपामा उपप्रमुख सहित एमालेको बहुमत छ । पनौतीमा नेपाली काँग्रेसबाट रामशरण भण्डारी निर्वाचित भएका छन् । उपप्रमुखमा एमालेकी गिता बञ्जारा निर्वाचित भएकी छिन् । पनौतीमा पनि एमालेको स्पस्ट बहुमत छ । नमोबुद्धमा नेपाली काँग्रेसका कुन्साङ लामा प्रमुख पदमा र माओवादी केन्द्रका रत्न लामा उपप्रमुख पदमा विजयी भएका छन् ।
मण्डन देउपुर नगरपालिकामा नेकपा समाजबादीका टोकबहादुर वाईवा प्रमुख पदमा विजयी भएका छन् भने उपप्रमुखमा नेपाली काँग्रेसका विष्णुमणी सापकोटा विजयी भएका छन् । पाँचखालमा नेपाली काँग्रेसका महेश खरेल प्रमुख पदमा विजयी भएका छन् । उपप्मुखमा एमालेकी सुर्यमाया दनुवार विजयी भएकी छिन् । तेमाल गाउँपालिकामा नेपाली काँग्रेसका चन्द्र लामा अध्यक्ष पदमा र माओवादी केन्द्रका डिएम लामा उपाध्इक्ष पदमा विजयी भएका छन् । रोशी गाउँपालिकामा दिनेश लामा नेपाली काँग्रेसको तर्फबाट अध्यक्ष पदमा र माओवादी केन्द्रका मिमबहादुर तामाङ उपाध्यक्ष पदमा विजयी भएका छन् ।
बेथान्चोकमा नेपाली काँग्रेसका भगवान अधिकारी अध्यक्ष पदमा र माओवादी केन्द्रकी तारा राना मगर उपाध्यक्ष पदमा विजयी भएकी छिन् । महाभारत गाउँपालिकामा माओवादी केन्द्रका कान्छालाल जिम्बा र उपाध्यक्षमा नेपाली काँग्रेसका सागर मोक्तान विजयी भएका छन् । खानीखोलामा नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ्ग अध्यक्षमा र नेपाली काँग्रेसका दोर्जेमान जिम्बा उपाध्यक्ष निर्वाचित भएका छन् । भुम्लुमा नेकपा माओवादी केन्द्रका प्रेमबहादुर भुजेल र नेपाली काँग्रेसका जितेन्द्रमान तामाङ उपाध्यक्ष पदमा विजयी भएका छन् । चौरीदेउरालीमा नेकपा माओवादी केन्द्रकी रेणुका चौलागाई अध्यक्ष पदमा र शेरबहादुर लामा नेपाली काँग्रेसका तर्फबाट उपाध्यक्ष निर्वाचित भएका छन् ।
घट्यो महिला प्रतिनिधित्व
एक अध्यक्ष, तीन उपप्रमुख, एक उपाध्यक्ष
एमालेलाई पराजित गर्न गठबन्धन गरेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी लगायतका दलहरुले प्रमुख तथा उपप्रमुख पदमा महिला अनिवार्यतालाई प्राथमिकतामा राखेन । लोकतन्त्र, समावेशिताका नारा दिएर नथाक्ने नेपाली काँग्रेसले प्राप्त गरेको १३ वटा सिटमा एक जना पनि महिला उम्मेदवार बनाएन । बरु बनेपा ८ मा वडा अध्यक्षको टिकट दिएको नेपाली काँग्रेसका तर्फबाट शुभलक्ष्मी मानन्धर विजयी भई जिल्लाको पहिलो महिला वडा अध्यक्षको इतिहास बनाएकी छिन् । एमालेले बनेपा १४ र धुलिखेल ८ मा महिला उम्मेदवार बनाएको भए पनि उनिहरु दुबै जना पराजित भएका छन् ।
माओवादी केन्द्रेले चौरीदेउरालीमा रेणुका चौलागाईलाई अध्यक्षको उम्मेदवार बनाएको थियो भने बेथान्चोकमा तारा राना मगरलाई उपाध्यक्षको उम्मेदवार बनाएको थियो । उनिहरु दुबै जना विजयी भएका छन् । रेणुका माओवादी तर्फबाट शहिद परिवारकी सदस्य हुन् भने पुर्व संविधान सभा २०६४ की समानुपातिक सांसद पनि हुन् । नेकपा समाजबादीले प्राप्त गरेको चारवटा पदमा महिला उम्मेदवार दिएन । यो पटक जिल्लाका प्रमुख पदमा महिलाहरुको प्रतिनिधित्व कम छ । नेकपा एमालेले १३ वटै पालिकामा महिला उम्मेदवार बनाएको थियो । जस मध्ये बनेपा र पनौतीमा बाहेक अन्यत्र विजयी हुन सकेनन् । एमालेका तीन उपप्रमुख र माओवादीका दुई बाहेक अन्य महिलाहरुको प्रतिनिधित्व यो पटक निर्वाचनमा हुन सकेन ।
समाजवादीलाई गठबन्धनको अन्र्तघात
जिल्ला समन्वयमा दिपक गौतम
नेकपा एकीकृत समाजबादीले मण्डन देउपुरमा नगर प्रमुख बाहेक वडा सदस्य समेत विजयी हुन सकेन । बनेपा, पनौती, पाँचखाल र भुम्लुमा एक÷एक वडा अध्यक्षमा विजयी हासिल गरेको छ भने चौरी देउरालीमा वडा सदस्य जितेको छ । जिल्ला समन्वय समितिमा प्रमुख पाउने सहमति गरेका गठबन्धनका नेताहरु समाजबादीलाई प्रमुख दिन नसकिने बताउन थालेको छ । काँग्रेसका १३ पालिकामा १३ जना विजयी भएको, माओवादी केन्द्रका नेकपा समाजवादीले दुई प्रमुख र दुई उपप्रमुख पदमा उम्मेदवारी दिएको थियो । एक प्रमुख बाहेक समाजवादीले अन्य पदमा विजयी हासिल हुन सकेन । धुलिखेलमा गठबन्धनका नाममा नेपाली काँग्रेसले आफ्नै नगर सभापति विदुर बहादुर बस्नेतलाई स्वतन्त्रमा उम्मेदवारी दर्ता गर्न लगाएर धोका दिएको थियो । गठबन्धनबाट धोका पाएको समाजवादीलाई जिल्ला समन्वय समिति दिने यस अघिको सहमति तोड्ने प्रयास काँग्र्रेसले गरेको छ । तर समाजबादीले यस अघिको सहमति कार्यान्वयन गर्न दबाब दिईरहेको छ । समाजवादीले जिल्लामा ७ सय १ मा २१ सिट प्राप्त गरेको छ । जस मध्ये प्रमुख १, वडा अध्यक्ष ४, दलित महिला सदस्य ४ र खुल्ला सदस्य ९ रहेका छन् ।
समाजवादीबाट चौरीदेउरालीमा वडा सदस्य भएका दिपक गौतम एमालेमा हुँदा अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष थिए । निरन्तर कृयाशिल गौतमलाई जिल्ला समन्वय समितिको प्रमुख बनाउन समाजबादीले लविङ्ग शुरु गरेको छ । मण्डन देउपुरमा गोकुल गौतम वडामै पराजित भएका छन् भने पनौती दिपक थापा पराजित भएका छन् । समाजबादीबाट जिल्ला समन्वय समितिमा प्रमुख बन्न उठेका नेताहरु सदस्यमै पराजित भए पछि दिपक गौतम एक्ला उम्मेदवार भएका छन् । धुलिखेल ८ मा साधुराम बडाल पराजित भएका छन् । उनि एमालेबाट काँग्रेसमा प्रवेश गरेका थिए । पनौती १२, पाँचखाल ६, बनेपा ६, भुम्लु ८ मा समाजवादीले प्यानल नै विजयी हासिल गरेको छ । यस अघि जिल्ला विकास समिति सदस्य भएका सुरेश कक्षपति पनि समन्वय प्रमुखका दावेदार हुन् । तर पनि गौतमलाई प्रमुख बनाउने गरी समाजवादीबाट प्रस्ताव गरिएको छ ।
पालिकाका प्रमुख उपप्रमुख तथा अध्यक्ष उपपाध्यक्षहरुले समन्वय समितिका प्रमुख उपप्रमुख र ७ सदस्यलाई मतदान गर्नु पर्ने ब्यस्था छ । पालिकामा नेपाली काँग्रेसको १३ मत छ । २०७४ मा एमाले एक्लैको १४ मत थियो । विजयी हुन १४ मत आवश्यक छ । गठवन्धनमा धोका दिएर काँग्रेस एक्लैले समन्वय समितिमा उम्मेदवारी दिने सम्भावना छैन । माओवादीलाई उपप्रमुख दिएर काँग्रेसले आफुलाई प्रमुख राख्ने तयारी समेत गरेको छ । तर नेपाली काँग्रेसले जिल्ला समन्वय समितिमा प्रमुख बनाउने गरी कसैलाई पनि सदस्यमा उठाएको छैन । भित्र भित्रै काँग्रेस नेताहरुले काँग्रेसलाई प्रमुख र माओवादीलाई उपप्रमुख दिने गरी छलफल गरेको छ । नेकपा समाजवादीले भने धुलिखेलको प्रमुख, बनेपा र पनौतीमा उपप्रमुख पराजय गरेको पीडा छ । त्यसको क्षतिपुर्ति समेत हुने गरी यस अघिको सहमति कार्यान्वयनका लागि समाजबादीले जोड दिएको छ । धुलिखेलका प्रमुख पदका उम्मेदवार दयासागर श्रेष्ठले विज्ञप्ती निकालेर गठवन्धनको मर्म अनुसार नभएको भन्दै असहमति जनाएका छन् । काँग्रेसको धोकाका कारण पराजय भएको बताएका छन् ।
महाभारतमा एमाले शुन्य
बेथान्चोकमा एक सदस्य
२०७४ सालमा ७ वटा पालिकामा प्रमुख र उपप्रमुख विजयी भएको नेकपा एमाले बेथान्चोक गाउँपालिकामा शुन्य भएको थियो । यो पटकको निर्वाचनमा एमालेलाई पराजित गर्न बनेको गठवन्धनबाट पनि एमालेले शानदार विजय हासिल गरेको छ । महाभारत गाउँपालिकामा गठवन्धनका विरुद्ध एमाले एक्लैले ३ हजार १ सय ९५ मत प्राप्त गरेको छ । गठवन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले ४ हजार ८ सय ९१ मत प्राप्त गरेको छ । १ हजार ६ सय ९६ मतान्तरमा माओवादी केन्द्रका अध्यक्ष कान्छालाल जिम्बा विजयी भएका छन् ।
बेथान्चोक गाउँपालिका वडा नम्वर ३ मा नेकपा एमालेका बलराम बजगाई वडा सदस्यमा विजयी भएका छन् । खानिखोलामा एउटा वडामा प्यानलै जितेको छ भने बनेपा, पनौती र धुलिखेलमा एमालेले बहुमत हासिल गरेको छ । २०७४ मा भन्दा एमालेले जनमत बढाएको छ ।
तीन पालिकामा माओवादी शुन्य
२०७४ मा माओवादी दुईवटा पालिकामा खुम्चिएको थियो । गठवन्धनको फाईदा यो पटक धेरै नेपाली काँग्रेसलाई भएको छ भने त्यस पछि नेकपा माओवादी केन्द्रले पाएको छ । चौरी र महाभारत गाउँपालिकामा यस अघि विजय भएको माओवादी यो पटक एक्लै प्रतिस्पर्धामा कहिँ पनि विजेता बन्ने थिएन । संगठनमा लागेको खिया र कार्यकर्ता पलायनका कारण कमजोर बनेको माओवादीले चारवटा पालिकाको नेतृत्व गर्ने अवसर पाएको छ भने केहि पालिकामा उपप्रमुखको जिम्मेवारी पाएको थियो । नमोबुद्ध र पाँचखालमा उपप्रमुख पाएको माओवादीले गाउँपालिकामा पनि बेथान्चोक, रोशी, तेमालमा उपाध्यक्षको अवसर पाएको छ । त्यसकै जगमा माओवादीले २५ वटा वडामा विजयी हासिल गरेको छ । पाँचखालमा माओवादीलाई काँग्रेसले पराजय गराएको छ । एमालेका उम्मेदवार सुर्यमाया दनुवार विजयी भएकी छिन् ।
बनेपा, पनौती, धुलिखेलमा माओवादी शुन्य भएको छ । यस अघि पनि यि पालिकामा माओवादी शुन्य भएको थियो । गठवन्धनका कारण माओवादी र समाजबादीले फाईदा लिएका छन भने नेपाली काँग्रेसलाई पनि धेरै फाईदा भएको छ । सबै मिलेर चुनावमा प्रतिस्पर्धा गर्दा एमालेले भने एक प्रमुख, दुई उपप्रमुख सहित ४५ स्थानमा वडा अध्यक्षमा विजयी हासिल गरेको छ ।
२०७९ मा नेकपा एमाले एक्लै र गठवन्धनमा रहेका दलहरुले प्राप्त गरेको मत परिणाम
नगरपालिका तर्फ
बनेपा
गठवन्धन (रुख) प्रमुख – शान्तिरत्न शाक्य– १३७९३ (विजयी)
एमाले एक्लै (सुर्य) उपप्रमुख – विमला सापकोटा – ११९९२ (विजयी)
रत्नकुश रञ्जित (सुर्य)– ११८३५ (अन्तर १९५८)
रघुवर चौ प्रधान (गठवन्धन कलम)– १०५९५ (अन्तर १४७७)
मण्डन देउपुर
गठवन्धन (कलम) प्रमुख – टोकबहादुर वाईवा – ९४०६ (विजयी)
गठवन्धन (रुख) उपप्रमुख – विष्णुमणी सापकोटा – ११३०५ (विजयी)
विदुरप्रसाद सापकोटा (सुर्य)– ८३५१ (अन्तर १०५५)
सरला लामिछाने (सुर्य)– ६९२४ (अन्तर ४३८१)
नमोबुद्ध
गठवन्धन (रुख) प्रमुख – कुन्साङ लामा – १२२११ (विजयी)
गठवन्धन (हसिया हथौडा) उपप्रमुख – रत्न लामा – ८१८७ (विजयी)
राजन भुर्तेल (सुर्य)– ५०२२ (अन्तर ७१८९)
सम्झना लामा (सुर्य)– ६५४३ (अन्तर १६४४)
पनौती
गठवन्धन (रुख) प्रमुख – रामशरण भण्डारी – १४०५० (विजयी)
एमाले एक्लै (सुर्य) उपप्रमुख – गिता बञ्जारा –१२३३७ (विजयी)
भिम न्यौपाने (सुर्य)–११७८३ (अन्तर २२६७)
गठवन्धन (कलम) छविलाल हुमागाई– १०३८८ (अन्तर १९४९)
पाँचखाल
गठवन्धन (रुख) प्रमुख – महेश खरेल – १२८३६ (विजयी)
एमाले एक्लै (सुर्य) उपप्रमुख – सुर्यमाया दनुवार – ९५३४ (विजयी)
कञ्चन अधिकारी (सुर्य)– ८११५ (अन्तर ४६५१)
गठवन्धन (हसिया हथौडा) मणिप्रसाद गौतम – ९०१० (अन्तर ५२४)
धुलिखेल
एमाले एक्लै (सुर्य) प्रमुख – अशोक ब्याञ्जु – ८३४९ (विजयी)
गठवन्धन (रुख) उप प्रमुख – निराजन जंगम – ७९१० (विजयी)
गठवन्धन (कलम) दयासागर श्रेष्ठ प्रमुख – १८१५ (अन्तर ६५३४)
स्वतन्त्र (घोडा) काँग्रेसका बागि विदुर बस्नेत प्रमुख – ७४०९ (अन्तर ९४०)
एमाले एक्लै (सुर्य) उपप्रमुख – लालतारा अधिकारी – ७७९० (अन्तर १२०)
गठवन्धन (हसिया हथौडा) मणिप्रसाद गौतम – ९०१० (अन्तर ५२४)
गाउँपालिका
भुम्लु
गठवन्धन (हसिया हथौडा) अध्यक्ष – प्रेमबहादुर भुजेल – ५७९२ (विजयी)
गठवन्धन (रुख ) उपाध्यक्ष – जितेन्द्रमान तामाङ (दावा) – ६०९८ (विजयी)
प्रेमबहादुर लामा (सुर्य)– ४५६८ (अन्तर १२२४)
कल्पना श्रेष्ठ (सुर्य)– ४०२९ (अन्तर २०६९)
चौरीदेउराली
गठवन्धन (हसिया हथौडा) अध्यक्ष – रेणुका चौलागाई – ६२२८ (विजयी)
गठवन्धन (रुख) उपाध्यक्ष – शेरबहादुर लामा – ७२१९ (विजयी)
जिताराम लामा (सुर्य)– ५४६३ (अन्तर ७६५)
बविता खरेल (सुर्य)– ३५४९ (अन्तर ३६७०)
खानिखोला
गठवन्धन (हसिया हथौडा) अध्यक्ष – इन्द्रबहादुर तामाङ – ४४८५(विजयी)
गठवन्धन (रुख) उपाध्यक्ष – दोर्जेमान जिम्बा – ४३२८ (विजयी)
शेखर लामा (सुर्य)– ३१५६ (अन्तर १३२९)
रुकमणी गुरुङ (सुर्य) – २९८७ (अन्तर १३४१)
महाभारत
गठवन्धन (हसिया हथौडा) अध्यक्ष – कान्छालाल जिम्बा ४८९१ (विजयी)
गठवन्धन (रुख) उपाध्यक्ष – सागर लामा – ४१६९ (विजयी)
पूर्णबहादुर वाईवा (सुर्य)– ३१९५ (अन्तर १६९६ )
शान्ति राना मगर (सुर्य) – १५३० (अन्तर २६३९ )
बेथान्चोक
गठवन्धन (रुख) अध्यक्ष – भगवान अधिकारी – ६०९१ (विजयी)
गठवन्धन (हसिया हथौडा) उपाध्यक्ष – तारा राना मगर –४४९८ (विजयी)
कमल तिमल्सिना (सुर्य) – ३१६० (अन्तर २८५९ )
सरला लामिछाने (सुर्य)– ३५७३ (अन्तर ९२५)
रोशी
गठवन्धन (रुख) अध्यक्ष – दिनेश लामा– ७५३४ (विजयी)
गठवन्धन (हसिया हथौडा) उपाध्यक्ष – मिमबहादुर वाईवा – ६६७२ (विजयी)
देवसागर लामा (सुर्य) – ६३५८ (अन्तर ११७६ )
बबिता बोहोरा (सुर्य) – ५९४३ (अन्तर ७२९)
तेमाल
गठवन्धन (रुख) अध्यक्ष – चन्द्र लामा ७०७८ (विजयी)
गठवन्धन (हसिया हथौडा) उपाध्यक्ष – दलमान थोकर – ६६६० (विजयी)
इन्द्र लामा (सुर्य) – ५९०० (अन्तर )
सम्तेन लामा (सुर्य) – ४९७२ (अन्तर )
एमाले एक्लैको मत
प्रमुख र अध्यक्ष पदमा – ८५२५५
उपप्रमुख र उपाध्यक्ष पदमा – ८१७०३
गठवन्धनको मत
प्रमुख र अध्यक्ष पदमा – १०६२१०
उपप्रमुख र उपाध्यक्ष पदमा– ९७०३९
२०७४ मा यस्तो थियो परिणाम
जिल्लाका १३ वटा स्थानीय तह मध्ये नेकपा एमालेले ७ वटा तहमा विजयी हासिल गरेको थियो । धुलिखेल, पनौती, बनेपा, नमोबुद्ध, मण्डन देउपुर नगरपालिकामा एमालेका प्रमुख र उपप्रमुखहरुले फराकिलो मतान्तरले विजय प्राप्त गरेका थिए । खानीखोला र भुम्लु गाउँपालिकामा एमालेले विजय प्राप्त गरेको थियो । तेमाल, बेथाञ्चोक, रोशी, पाँचखालमा नेपाली कांग्रेसले विजय प्राप्त ग¥यो । महाभारत र चौरीदेउरालीमा माओवादी केन्द्रले विजय प्राप्त ग¥यो ।
२०७४ मा प्राप्त मत
धुलिखेल नगरपालिका – प्रमुख
अशोक ब्याञ्जु– ७९८१ (एमाले) विजयी
रमेशप्रसाद हुमागाई– ५४०८ (नेपाली कांग्रेस)
सरस्वती लामा– १६२१( माओवादी केन्द्र)
मण्डन देउपुर नगरपालिका– प्रमुख
टोकबहादुर वाईवा– ६२३६ (नेकपा एमाले) विजयी
अच्युत पौड्याल– ५०७२ (नेपाली कांग्रेस)
रिता ढकाल – २०२३ (माओवादी केन्द्र)
नमोबुद्ध नगरपालिका– प्रमुख
टिपी शर्मा तिमल्सिना– ५३४६ (नेकपा एमाले) विजयी
कुन्साङ्ग लामा– ४९६१ (नेपाली कांग्रेस)
रत्न लामा – ३८६७ (माओवादी केन्द्र)
बनेपा नगरपालिका– प्रमुख
लक्ष्मी नरसिं बादे– ११४०९ (नेकपा एमाले) विजयी
राम जोशी– ९६५९ (नेपाली कांग्रेस)
भोलाप्रसाद अर्याल – १३७० (माओवादी केन्द्र)
पाँचखाल नगरपालिका– प्रमुख
महेश खरेल– ७३५६ (नेपाली कांग्रेस) विजयी
रुद्रबहादुर बाँनिया– ६८०० (नेकपा एमाले)
आईते सिं तामाङ – ३२७९ (माओवादी केन्द्र)
पनौती नगरपालिका– प्रमुख
भिम न्यौपाने– १२२५६(नेकपा एमाले) विजयी
विदुर बञ्जारा– ९१९० (नेपाली कांग्रेस)
जमुना सापकोटा – १२३९ (माओवादी केन्द्र)
भुम्लु गाउँपालिका– अध्यक्ष
गुमानध्वज कुँवर– ३५४८ (एमाले) विजयी
तस्विर लामा– २९४९ (नेपाली कांग्रेस)
नकुलप्रसाद पराजुली– २३९२ (माओवादी केन्द्र)
रोशी गाउँपालिका– अध्यक्ष
दलबहादुर लामा– ४३७२ (नेपाली कांग्रेस) विजयी
बज्रध्वज लामा–२९५७ (नेकपा एमाले)
मिमबहादुर वाईवा– २२१९ (माओवादी केन्द्र)
बेथाञ्चोक गाउँपालिका– अध्यक्ष
प्रेमबहादुर तिमल्सिना– ३८६८ (नेपाली कांग्रेस) विजयी
प्रेमकुमार तामाङ – २७४१ (नेकपा एमाले)
मर्दन सिं तामाङ– १७४९ (माओवादी केन्द्र)
खानीखोला गाउँपालिका– अध्यक्ष
कृष्णबहादुर खुलाल– २०२३ (नेकपा एमाले) विजयी
गोपालबहादुर दर्लामी – १११५ (नेपाली कांग्रेस)
इन्द्रबहादुर थिङ्ग– १२०७ (माओवादी केन्द्र)
तेमाल गाउँपालिका– अध्यक्ष
सलाम सिं तामाङ – ३९४९ ((नेपाली कांग्रेस) विजयी
प्रदिपकुमार लामा – ३३५९ (नेकपा एमाले)
गंगाबहादुर तामाङ– ३२२६ (माओवादी केन्द्र)
महाभारत गाउँपालिका– अध्यक्ष
कान्छालाल जिम्बा– २३४२ (माओवादी केन्द्र) विजयी
राजकुमार कुँवर – १२५० (नेकपा एमाले)
रकम सिं घलान – २२३६ (नेपाली कांग्रेस)
चौरी देउराली गाउँपालिका– अध्यक्ष
दिनानाथ गौतम– ३९१४ (माओवादी केन्द्र) विजयी
लेखराज गौतम – २७४१ (नेकपा एमाले)
विक्रम गौतम – ३००४ (नेपाली कांग्रेस)
नेकपा एमालेले प्राप्त गरेको कुल मत प्रमुख पदमा – ६८६४७
नेपाली काँग्रेसले प्राप्त गरेको कुल मत प्रमुख पदमा – ६३१३९
नेकपा माओवादी केन्द्रले प्राप्त गरेको कुल मत प्रमुख पदमा – २९२७५





