2026 October 22/ 02:09: 40pm
  • बनेपामा रेडक्रसको भ्रष्टाचार काण्ड
  • एउटै सिफारिसमा ३० लाख गायब
  • एक करोड ठगीको कसुर

    धुलिखेल, काभ्रे/गठबन्धनबाट उपप्रमुख पदमा उम्मेदवारी दिएका तीन उपप्रमुखका तिनवटा काण्ड छताछुल्ल भएका छन् । बनेपाका रघुवर चौ प्रधान, पनौतीका छविलाल हुमागाई र धुलिखेलका निराजन जंगमका तीनवटा कर्तुतहरु सार्वजनिक भए पछि गठबन्धन संकटमा परेको छ । धुलिखेल ८ का वडा अध्यक्ष समेत रहेका जंगम एमाले परित्याग गरी काँग्रेसबाट उप प्रमुख पदका उम्मेदवार हुन् भने चौ प्रधान र हुमागाई एमाले परित्याग गरी समाजवादीका तर्फबाट बनेपा र पनौतीका उप प्रमुख पदका उम्मेदवार हुन् । 
    एमालेका तर्फबाट अशोक ब्याञ्जु नगर प्रमुखका उम्मेदवार हुन् । उनलाई हराउन एमाले विरोधी मोर्चा गठन भएको थियो । नेपाली काँग्रेसका नगर सभापति विदुर बस्नेतलाई गठबन्धनले टिकट नदिए पछि उनी जेब्रा चिन्ह लिएर उठेका छन् । समाजवादीका तर्फबाट प्रमुख पदको उम्मेदवार भएका दयासागर श्रेष्ठलाई काँग्रेसका कार्यकर्ताहरुले भोट नदिने घोषणा गरेका छन् । काँग्रेस स्थापना देखि कृयाशिल रहेका नेताहरुलाई पन्छाउँदै नवप्रवेशीलाई टिकट दिए पछि काँग्रेस भित्रको विवाद छताछुल्ल भएको छ । एमालेबाट काँग्रेस प्रवेश गरेका ब्यक्तिले एकाएक टिकट पाए पछि असन्तुष्ट बनेका काँग्रेस कार्यकर्ताहरुले एमालेका उम्मेदवारहरुलाई सहयोग गर्ने मानसिकता बनाएका छन् । गठबन्धनका कारण अधिकांश स्थानमा महिलाले सिट गुमाएका छन् । 

बनेपामा रेडक्रसको भ्रष्टाचार काण्ड
    रेडक्रस काभ्रेको सभापति रहेका बखत रघुवर चौ प्रधानले दाताहरुको पैसामा अनियमितता गरेको पुष्टि भएको थियो । नालाको सिड नेपालमा संस्थाबाट कमाएको ५० लाख रकम ब्यक्तिगत खाता खोलेर राखेका चौ प्रधानले १० लाखको हिसाब देखाउन नसक्दा संकटमा परेका छन् । अझै त्यो १० लाखको हिसाब बाँकी छ । संस्थागत पैसा ब्यक्तिको खातामा राखेको अभियोग त छँदैछ बैंकको कर्मचारी भएर रेडक्रसको तलब लिएको विरुद्ध परेको मुद्दामा उनी कारवाहीमा परेका थिए । 
    नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखामा भुकम्प पछिको आपतकालिन कार्यक्रममा भएको अनियमितता बारे जिल्लाको अख्तियार प्राप्त संस्था जिल्ला प्रशासन कार्यालयले छानविन गरेको छ । रेडक्रसमा आपत्कालीन कार्यक्रममा रेडक्रसका पदाधिकारीहरुले आफन्त भर्ति केन्द्र बनाउँदै राहत पारिश्रमिक, भत्ता र सामग्रीमा समेत ब्रम्हलुट गरेका थिए । रेडक्रस काभ्रेको निर्वाचनमा पार्टी पार्टी भिडेर विजयी भएका पदाधिकारीहरुले केन्द्रिय महाधिबेशनमा रमिता देखाएका थिए । जिल्लाबाट सभापतिले मनोनित गरेर लगेका प्रतिनिधिलाई समेत सहभागी नगराई पार्टीकरणको प्रत्यक्ष झल्को दिएको अवस्थामा मिल्नै नसक्ने गरी देखिएको विवादलाई भुकम्प पछिका कार्यक्रममा जोडिएको स्वार्थले मिलाईदिएको छ । सामाजिक संस्था रेडक्रस सेवा भन्दा पनि मेवा खोज्ने संस्थाका रुपमा चिनिन थालेको छ । एमालेबाट निर्वाचित सभापति रघुवर चौ प्रधानले उनीसँग विजयी भएका उनकै पार्टीका एक मात्र सदस्य बाबुकाजी पराजुलीलाई मन्त्री बनाउनु पर्नेमा बनाएनन् । त्यस्तै सभापति चौं प्रधानले रेडक्रसमा भएका अधिकांश पदाधिकारीहरुकै सिफारिसमा विना प्रतिस्पर्धा उपशाखाका पदाधिकारीहरु समेतलाई बाईपास गर्दै सम्वन्धित गाविसमा स्थानीय ब्यक्ति नियुक्ति गर्नुपर्नेमा स्वार्थकै कारण जथाभावी आफन्त नियुक्ति गरेका थिए । ४० जना भन्दा धेरै ब्यक्तिहरु नियुक्ति गरेका चौ प्रधानले ५० लाख भन्दा धेरै रकम उनिहरुबाटै संकलन गरेका थिए । नियुक्ति गरिएका कर्मचारीबाट तलबमा ४० प्रतिशत कटौती गरेर मात्रै पाउने प्रतिबद्धता गराईएको थियो । रेडक्रसले अन्र्तराष्ट्रिय दातृ निकायहरुको सहयोगमा जिल्लाका विभिन्न गाविसमा वास, मर्सिकोर, विश्व खाद्यको चामल वितरण, नगदै पनि सहयोग गर्दै आएको थियो । त्यहि कार्यक्रममा कर्मचारी र पदाधिकारी मिलेर ब्रम्हलुट गरिएको थियो । भुकम्पमा गरिएको ब्रम्हालुटका बारेमा पटक पटक भएको अनुसन्धान र छानविनका कारण अहिलेसम्म रेडक्रसमा नयाँ समिति चुनिन सकेको थिएन । 
    अहिले रेडक्रसका संयोजक नारायण ढुंगानाले राजीनामा दिएका छन् । उपसंयोजक विदुर घिमिरेको अध्यक्षतामा ६ जना उपस्थित बैठकले विभिन्न निर्णय गरेको सार्वजनिक भएपछि फेरी रेडक्रस भित्रको अनियमितता सार्वजनिक भएको हो । तत्कालीन समयमा चौ प्रधानले हातेमालो कार्यक्रममा लेखापाल रहेकी संगीता बर्जाचार्यलाई उताको तलब नदिने गरी वास कार्यक्रमको सुपरभाईजर नियुक्ति गरेका थिए भने हातेमालो कार्यक्रमकै पुष्पाञ्जली पुरीलाई ७० हजारमा भपाई गरेर १५ हजार भुक्तानी गर्ेका थिए । झम्क घलेलाई सिडिपी कार्यक्रम अधिकृत रहेकोमा उताको तलब नदिने गरी मर्सिकोर कार्यक्रमबाट मासिक ६० हजार तलबमा ४० प्रतिशत काटेर ३६ हजार भुक्तानी गरिएको थियो । घलेले अघिल्लो कार्यक्रममा २३ हजार तलब बुझ्दै आएका थिए । नियमित काम गर्ने कर्मचारीहरुलाई पनि दोब्बर तलब भुक्तानी गरिएको थियो । उनकै कारण रेडक्रस अहिलेसम्म लथालिङ्ग भएको छ । समाजबादीले उनलाई बनेपाको उपप्रमुख बनाए पछि रेडक्रसमा ४ करोडको भ्रष्टाचार भएको कुरालाई उठाईएको छ भने दल भित्रै विरोध शुरु भएको छ । महिला उम्मेदवार बनाउनु पर्नेमा त्यसो नभएको भन्दै आलोचना भएको छ ।     नेकपा समाजवादीका नेता बनेपा नगरपालिका उपप्रमुख पदका उम्मेदवार रघुवर चौ प्रधानले वडा अध्यक्ष पदका उम्मेदवार सचितानन्द केसीलाई रेडक्रस कार्यालय अगाडि सडकमै कुटेका छन् । केसीले पनि चौ प्रधानलाई मुख छाडेर चड्कन लगाए पछि रमिता देखिएको थियो । भेषराज शाहलाई उपप्रमुख बनाउने विषयमा झगडा भए पछि चौ प्रधानले चड्कन हानेका थिए । पछि प्रधानकै नाममा सहमति जुटेको थियो । काभ्रे क्याम्पसमा लफडा गरेका केसी र रेडक्रसमा रहँदा अकुत सम्पति आर्जन गरेको अभियोग लागेका चौ प्रधानलाई काभ्रे क्याम्पसका प्रमुख एवं हाल नेपाली काँग्रेस बनेपाका उम्मेदवार शान्तिरत्न शाक्यका स्व घोषित प्रवक्ता केजी बयदार चर्काे समर्थनमा उत्रेका छन् । क्याम्पसका अध्यक्ष लम्बोदर कायश्थ र केजी बयदारलाई पदबाट राजिनामा दिएर राजनीति गर्न विद्यार्थीहरुले खुल्ला चुनौती दिएका छन् । निर्वाचन पछि बयदारसँग हिसाब किताब हुने चेतावनी विद्यार्थीले दिएका छन् । 
  

एउटै सिफारिसमा ३० लाख गायब
    नेपाली काँग्रेसका नव प्रवेशी निराजन जंगमले स्वार्थ सहित मालपोत कार्यालय काभ्रेले प्राप्त गर्ने राजश्व छलीका लागि नक्कली सिफारिस बनाई सहयोग पु¥याएको खुलासा भएको छ । तत्कालिन वडा अध्यक्ष समेत रहेका धुलिखेल ८ का निराजन जंगमले काँग्रेस नेता दिपेश श्रेष्ठलाई ११ दिनको अवधीमा एउटै प्रयोजनका लागि फरक फरक सिफारिस दिएर राजश्व जलेको प्रमाणित भएको छ । वडा अध्यक्ष रहँदा जंगमले २०७५ साल असार २१ गते १३६१ चलानी नम्वर भएको आ.ब. २०७४÷०७५ मा घरबाटो सिफारिसका लागि साविक धुलिखेल नगरपालिका वडा नम्वर २÷७ को कित्ता नम्वर ११५३ को १० रोपनी १ आना, ११५६ को ४ रोपनी ३ आना र ४७२ को २ रोपनी २ दाम १ आना जग्गामा घर नभएको तर कच्चि मोटर बाटो भएको प्रमाणीत गरेका छन् । जसका कारण दिपेश श्रेष्ठले नगरपालिकाले कायम गरेको प्रति आना कच्ची मोटर बाटोको मुल्यांकनमा प्रति आना २ लाख ५५ हजारका दरले पास खर्च राजश्व १३ लाख ५७ हजार रुपैयाँ र लाभकर साँढे ४ प्रतिशतका दरले १५ लाख ७ हजार गरी कुल २८ लाख ६४ हजार रुपैया तिर्नुपर्छ । राजश्व तिर्ने अवधिमा धेरै रकम खर्च हुने भए पछि वडा अध्यक्ष जंगमलाई केहि रकम लाभ दिई काँग्रेस नेता दिपेश श्रेष्ठले उक्त सिफारिसका स्थानमा पुनः आर्थिक वर्ष २०७५÷०७६ शुरु भएको दोश्रो दिन २०७५ साउन २ गते चलानी नम्वर २ राखी कच्ची मोटरबाटो भएको स्थानमा गोरेटो बाटो मात्रै भएको सिफारिस गरेका छन् । जसका कारण २८ लाख ६४ हजार राजश्व मालपोत कार्यालयले गुमाएको छ । 
    गोरेटो बाटो कच्ची हुन सक्ने तर कच्ची बाटो गोरेटो हुन नसक्ने तथ्यलाई ढाकछोप गर्न वडा अध्यक्ष जंगमले ५ लाख रुपैयाँ घुस लिएर ३० लाख राजश्व छल्न सहयोग पु¥याएको श्रेष्ठ श्रोतले जानकारी दिएको छ । उनै दिपेश श्रेष्ठको अर्काे कित्तामा कम थैली रकम राखी लाखौ रकम राश्जव छलेको खुलासा भएको छ । डिईको रिसोर्टका नाममा २०७७ मंसिर ११ गते बिक्री गरेको छ । १ करोड ९५ लाख रुपैयाँमा रोक्का राखेको छ । १५९२ रजिस्ट्रेशन नम्वरमा मेघा बैक लिमिटेड काठमाडौ शाखामा कित्ता नम्वर १६१२ र १४४७ नम्वरका दुबै कित्ता दृष्टिबन्धक गरेको छ । थैली रकम ५० लाखमा पास गरी लाभ कर १ लाख २० हजार राजश्व बुझाईएको छ । कित्ता नम्वर १४४७ मा ७ आना २ पैसा जग्गा १३ लाख रुपंैयाँमा खरिद गरी ३२ लाख रुपैया विक्री गरेको देखाईएको छ भने कित्ता नम्वर १६१२ मा ४ आना १ पैसा १ दाम जग्गा १२ लाखमा खरिद थरी १८ लाखमा विक्री गरेको देखाईएको छ । दिपेश श्रेष्ठले आफ्नै कम्पनी डिईको रिसोर्टका नाममा विक्री गरेको केहि दिनमै बैकमा धितो राख्दा मूल्य बढाईएको छ । मालपोतमा बुझाउनु पर्ने १ करोड ९५ लाखको लाभकर ५० लाख रुपैयाँको मात्रै बुझाउन लगाएर राजश्व छली गरेका छन् । जसमा तत्कालीन वडा अध्यक्ष निराजन जंगमको प्रत्यक्ष संलग्नता देखिएको छ । दिपेश श्रेष्ठका बुबा धुलिखेल नगरका काँग्रेसका सभापति थिए । पछि दिपेश आफै वडाका सभापति भए । जग्गा कारोवारमा संलग्न वडा अध्यक्ष जंगमले अधिकांश सिफारिसमा नक्कली गर्ने गरेको तथ्यहरुले पुस्टि गराएको छ । उनै दिपेशले जंगमको पोल खोलिदिन्छु भने पछि एमालेको बहालवाला वडा अध्यक्ष, जिल्ला सदस्य पद त्यागेर एकाएक जंगम काँग्रेसमा प्रवेश गरेका थिए । अहिले वर्षाै देखि काँग्रेसमा सक्रिय भई लाभको पदमा नपुगेका त्यागि नेताहरुलाई पन्छाएर जंगमले उपप्रमुखको टिकट उछिट्याए पछि सबै हिस्स परेका छन् । उनि काँग्रेस प्रवेश गर्नुको कारण र पद नै चाहिने प्रमुख कारण यिनै भएको वडा नम्वर ८ का स्थानीयहरुले बताएका छन् । जग्गा सम्बन्धिका नक्कली सिफारिसहरुको विवरण वडा कार्यालयमा मेटाउने गरेका जंगमले अरु जग्गाहरु र अन्य सिफारिसमा पनि पैसा लेनदेन गर्ने गरेको सेवाग्राहीहरुले बताएका छन् । यता जंगमले एमालेको जिल्ला अधिबेशनमा लिएको साँढे ५ लाख र धुलिखेलको नगर अधिबेशनमा लिएको डेढ लाख रकम झ्वाम गरेका छन् । 

एक करोड ठगीको कसुर
    सत्ता गठबन्धनबाट पनौती नगरपालिकामा उपमेयरका उम्मेदवार बनेका छबिलाल हुमागाईं बैंकिङ कसुर मुद्दामा १ करोड रुपैयाँ धरौटी बुझाएर छुटेको खुलासा भएको छ । अहिले उनी नगरमा सुशासन कायम गर्न आफ्नो उम्मेदवारी रहेको बताउँदै चुनावी अभियानमा रहेका छन् । तर, उनी उच्च अदालत पाटनको आदेशमा १ बरोड रुपैयाँ धरौटी बुझाएर छुटेको कागजात मेचीकालीलाई प्राप्त भएको छ । मुद्दा नं. ण्ठछ–ऋद्य–ज्ञघज्ञघ को मुद्दामा उच्च अदालत पाटनका न्यायाधीश रमेशकुमार पोखरेल र कृष्णवहादुर थापाको इजलासले २०७६ असार ३० गते हुमागाईंसँग १ करोड रुपैयाँ धरौटी माग गरेको थियो । उक्त धरौटी बुझाएर छुटेका हुमागाईंले अहिलेसम्म अदालतबाट सफाई पाएका छैनन् । यो मुद्दा अहिले पनि उच्च अदालत पाटनमा चलिरहेको छ । पछिल्लापटक २०७७ चैत १७ गते मुद्दाको सुनुवाई भएको थियो । उक्त दिन उच्च अदालत पाटनमा मुद्दामा बकपत्र भएपछि अहिलेसम्म सुनवाई भएको छैन ।
    हुमागाईं तत्कालिन ब्राइट बैंकको कम्पनी सचिव हुँदै त्रिवेणी विकास बैंक र पछि ग्लोबल आइएमई बैंकमा कार्यरत थिए । उनीमाथि तत्कालिन त्रिवेणी विकास बैंकको थापाथली शाखा प्रमुख हुँदा कर्जा प्रवाहमा अनियमितता भएको भन्दै अजयकुमार मिश्रको जाहेरीले नेपाल सरकारले मुद्दा दर्ता गरेको थियो । अदालतमा उनले कर्जा प्रवाहमा आफ्नो वदनियत नरहेको भन्दै इन्कारी बयान दिएका थिए, तर अदालतले प्रमाणबाट वयान पुष्टि हुन नसकेको, काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दा बिचाराधीन रहेको, प्रतिवादी कमला बिएमले लिएको कर्जा खराब कर्जामा परिणत हुन आएको भन्दै १ करोड रुपैयाँ धरौटी माग गरेको थियो । उनीविरुद्ध १ करोड ५३ लाख ५८ हजार ७ सय १० रुपैयाँ पैसा विगो कायम गरी विगो भराई विगो बराबरको रकम जरिवाना तथा कैद सजायसमेत माग गरिएको छ । यो मुद्दामा हुमागाईंंसहित मिलन कुमार विष्ट, कमला वि एम, भरत प्रसाद बन्जारा, सुनिल कुमार सिंह, पुजन कोईराला, शैलेश ढकाल,  विपुल सुवेदी, ब्रजेश अर्याल, सागर कुमार घिमिरे, उदेश भट्टराई, रमेश निरौला, सुरेन्द्र थापा, हिमाल पौडेल, लंक बहादुर के सी, भिम प्रसाद न्यौपाने, टंक प्रसाद ढकाल, भेज प्रसाद तिमल्सीना, मदन प्रसाद अधिकारी, गौतम प्रसाद खनाल, राम प्रसाद भट्ट, वाल कुमार बास्तोला, मिनु निरौला, पुनम निरौला÷अनिल कुमार विएमलाई प्रतिवादी बनाइएको छ । हुमागाईले भने त्यस्तो आरोप झुटो भएको बताएका छन् ।