2026 October 22/ 06:49: 17am

पनौती/ज्योती मिर्मिरे सामुहिक बचता तथा ऋण सहकारी संस्थाको नवौ एकिकरण दिबसको अबसरमा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । सम्मानमा जेष्ठ नागरिकहरुलाई दोसल्ला, सम्मानपत्रका साथै नगद ५ सय उपलब्ध गराईएको थियो ।
    संस्थाको वार्षिक कार्यक्रम अनुसार प्रत्येक वर्ष संस्था एकिकरण दिवसका दिन जेष्ठ नागरिकलाई सम्मान र संस्थाको विभिन्न विद्यामा उत्कृष्ट ब्यक्तित्वहरुलाई सम्मान गरिएको प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले बताउनु भयो । संस्थाको फागुन १९ सम्मको कुल कारोबार १ अर्ब ४ करोड ७४ लाख ८८ हजार, शेयर पुजीं ८ करोड ५६ लाख ८५ हजार, बचत ६ करोड ७९ लाख ७७ हजार, ऋण लगानी ७ करोड १८ लाख ७७ हजार रहेको प्रबन्धक दाहालले बताउनु भयो । संस्थाको मुख्य कार्यालय पनौतीमा रहेको तथा ७ वटा पालीकामा थप कार्यालय मार्फत  सदस्यहरुलाई सेवा प्रदान गरिएको छ । संस्थाले सदस्यमुखी कार्यक्रमहरु सञ्चालन गरी उत्पादन क्षेत्र र कृषि, ब्यपार ब्यबसायमा लगानी गर्दे आएको, ऋणको पुरै विमा गरिएको नगरपालिकाको साझेदारीमा पशु विमा गरिएको, विभिन्न स्वास्थ्य शिबिरहरु सञ्चालन गर्दे आएको, सरसफाई, बृक्षारोपण, १२ वर्षे मकर मेलामा निशुल्क पानि वितरण गरेको दाहालले बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय सहकारी महासघंका अध्यक्ष मिनराज कडेंलले संस्थाले सहकारी अभियानलाई आत्मसात गर्दे अगाडी बढ्न सुझाब दिनु भयो । राज्यको ३ खम्बे निति अनुसार सहकरी १ खम्बा भएकाले स–साना र न्युन आय भएकालाई सहकारीले ठुलो सहयोग गरेको कडेलले बताउनु भयो । सहकारीहरुले छरिएर रहेका स–साना पुजीं संकलन गरी सहकारी मार्फत उत्पादन र ब्यबसायमा लगानी गर्दे आएको कडेलले वताउनु भयो । नेपालमा नै १ लाख ४० हजार सदस्य भएका सहकारीहरु भएकाले स्वरेजगारमा समेत सहकारीले ठुलो भुमिका खेलेको कडेलको भनाई थियो । कार्यक्रममा  पनौती नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बुद्ध सिं थापा, ईन्दे्रश्वर क्याम्पसका अध्यक्ष तुयुकाजी ताम्राकार, काभ्रे पलाञ्चोक जिल्ला बचत सघंका उपाध्यक्ष सागर कपाली, पनौती नगरपालिका कृिष तथा पशुपन्छी शाखा प्रमुख मणिप्रसाद सापकोटा लगाएतका ब्यक्तिहरुले संस्थाले गरेका कामको प्रशंमा गर्दे सहकारीको मर्म र भावना अनुसार संस्थालाई लैजान सुझाब दिनु भएको थियो । कार्यक्रममा सस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति उद्धब सापकोटाले संस्था नेपाल भरीका साकोस अभियानमा उदाहरण बन्न सफल भएको र अन्तराष्ट्रिय स्तरमा समेत छवि विकास भएको बताउनु भयो । संस्थाले न्युन आय भएका ब्यक्तिहरुलाई सहज बित्तिय पहुचं बृद्धि गर्दे साना साना ब्यबसाय विस्तारका लागी ऋण लगानी गरी सिप विकासका लागी विभिन्न सघं सस्था सगं समन्वय गर्दे आएको अध्यक्ष सापकोटाले बताउनु भयो । संस्थामा १३ हजार सदस्यहरु रहेको र आगामी दिनमा समेत समान भावना भएका सहकारी संस्थाहरु सगं एकिकरण गरी दिगो सहकारी अभियानका लागी सहकारी अभियानलाई निरन्तरता दिने बताउनु भयो । कार्यक्रममा जेष्ठ नागरिक, संस्थाका विभिन्न विद्याका उत्कृष्ट ब्यक्तित्व, सहकारी विज्ञ डा सिवजी सापकोटा लगाएतलाई सम्मान गरिएको थियो भने स्थास्थ्य शिबिरको आयोजना गरिएको थियो । कार्यक्रम सञ्चालन सचिब दिपक दाहालले र स्वागत मन्तब्य उपाध्यक्ष कान्छी मैया थापाले राख्नु भएको थियो ।