धुलिखेल/नेपालको मौलिक तथा सांस्कृतिक धिमे बाजाको सम्र्वद्धन तथा प्रर्वद्धन गर्ने उद्देश्यले रोट्रयाक्ट क्mप अफ शिखलापुरले सिजन २ शिखलापुर धिमे जात्रा आयोजना गरेको छ । धुलिखेलमा आयोजना गरिएको धिमे जात्रामा विभिन्न जिल्लाका पालिकाहरुबाट २२ वटा समुह सहभागि भएका थिए ।
शिखलापुर धिमे जात्राको धुलिखेल नगरपालिका प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जुले शुभारम्भ गर्नु भएको थियो । नगर प्रमुख ब्याञ्जुले शिखलापुर रोट्रयाक्टले संस्कृतिको प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना गरेको धिमे जात्राका लागि आवश्यक सहयोग गर्ने घोषणा गर्नु भयो । नगरपालिका आफैले पनि धिमे जात्राका लागि आवश्यक सहयोग गरिरहेको बताउँदै संस्कृतिको प्रर्वद्धन गर्न र संरक्षणका लागि धुलिखेलले विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको बताउनु भयो । शिखलापुर रोट्रयाक्ट क्लवका अध्यक्ष निशा चापागाईले क्लवले संस्कृति प्रर्वद्धन गर्न उत्प्रेरणा प्रदान गर्ने उदेश्यले जात्रा आयोजना गरिएको बताउनु भयो । गतवर्ष शुरु भएको जात्रा यो वर्ष पनि निरन्तरता दिएको उहाँले बताउनु भयो । क्लवको उदेश्य नै संस्कृति संरक्षण र प्रर्वद्धन गर्ने भएकाले देशभर रहेका धिमे बाजाहरुलाई प्रतियोगितात्मक हिसावले प्रर्दशन र संरक्षण सँगै प्रर्वद्धन गर्न जात्राको आयोजना गरिएको बताउनु भयो ।
जात्रामा काभ्रेका विभिन्न पालिकाहरुका अलावा भक्तपुर, ललितपुर, काठमाडौ र छिमेकी जिल्लाका पालिकाहरुबाट २२ वटा समुह सहभागि भएका थिए । औपचारिक कार्यक्रमसँगै धिमे बाजा सहित धुलिखेलका विभिन्न स्थानमा ¥याली आयोजना गरिएको थियो । जात्रामा प्रथम, दोश्रो र तेश्रो हुनेलाई क्लव र नगरपालिकाका तर्फबाट संयुक्त रुपमा पुरस्कारको ब्यवस्था गरिएको अध्यक्ष निशा चापागाईले बताउनु भयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी हरि खतिवडा, रोट्रयाक्टका सदस्य निकिता कायश्थ, रोटरी क्लव अफ धुलिखेलका पूर्व अध्यक्ष रजिव श्रेष्ठ लगायतले मन्तब्य राख्नु भएको थियो ।





