४ वर्ष ५ महिनाका उपलब्धी सार्वजनिक
धुलिखेल/धुलिखेल नगरपालिकाले स्थापनाको ३६ औं दिवस मनाएको छ । स्थापना दिवसको अवसर पारी धुलिखेलको अरनिको पार्क देखि नगरपालिका सभा भवनसम्म बाजागाजा सहितको बृहत्त ¥याली आयोजना गरेको थियो । ¥याली पछि आयोजित कार्यक्रममा नगरपालिकाले चार वर्ष ५ महिनामा गरेका उपलब्धीहरु, शिक्षाको आँखीझ्याल र स्वस्थ शहर धुलिखेल नामक पुस्तक विमोचन गरिएको थियो । साथै धुलिखेल नगरपालिकालाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने विशिष्ट ब्यक्तिहरुलाई विभिन्न विधा मार्फत सम्मान गरिएको थियो ।
‘आर्थिक वर्ष २०७४÷०७५ देखि २०७७÷०७८ सम्मको अनुमानित रकम २ अर्ब ९२ करोड ८३ लाख ३० हजार भएकोमा यथार्थ आम्दानी रकम २ अर्ब ६० करोड ४२ लाख ६९ हजार भई २ अर्ब ७९ करोड ४१ लाख ४८ हजार खर्च भएको छ’–नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘३४ किलोमिटर सडक कालोपत्रे थप भई ४६.५ किमी कालोपत्रे भएको, ५ किमी ढलान, ७१ किमी ग्राभेल, ३२० किमी माटे सडक भई कुल ४ सय ३० किमी सडक भएको छ ।’ नगर प्रमुख ब्याञ्जुले पक्की नाली ३० किमी, कच्ची नाली ३ सय १० किमी निर्माण गरिएको बताउनु भयो । खानेपानीका लागि २ हजार ५ सय १९ घर धुरीमा खानेपानी सुविधा थप गरेसँगै नगरपालिकामा ५ हजार ७ सय १६ घर धुरीमा पानी पुगेको छ । यो कुल घरधुरीको ८१ प्रतिशत रहेको नगर प्रमुख ब्याञ्जुले जानकारी दिनु भयो ।
धुलिखेल नगरपालिकाले चार वर्ष ५ महिनामा साना ठूला गरी ५१ वटा पार्क निर्माण गरिसकेको छ भने २ वटा झोलुङ्गे पुल, ७ सय जना अट्ने सभाहल, सपिङ्गकप्लेक्स, तीन वटा स्वास्थ्य भवन, १७ वटा विद्यालयका २४ वटा भवन निर्माण गरेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । २ वटा ट्रिटमेन्ट प्लान्ट निर्माण गरी खुल्ला दिशा मुक्त घोषणा गरिएको, दरवन्दी मिलान गरी विद्यालय तहसमेत मिलान गरिएको, विद्यालयमा आईसिटी ल्याव सहित पुस्तकालय निर्माण गरिएको, स्नातक तहसम्मको शिक्षालाई निशुल्क गरिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । स्वस्थ शहर निर्माणका लागि ७ बुँदे प्रतिवद्धता पत्र जारी गरेको, बालमैत्री नगर घोषणा गरेको, ५ वटा परिषदहरु निर्माण गरी आयआर्जन र शशक्तिकरणका लागि १२८९ जनालाई सिप विकास तथा आयआर्जन तालिम दिईएको, ३७१ जनालाई विभिन्न प्रविधिका सामाग्री उपलब्ध गराईएको, ५०९ जनालाई उद्यम विकास मार्फत आयआर्जनमा संलग्न गराई प्रविधि हस्तान्तरण गरिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।
त्यस्तै बैदशिक रोजगारमा जाने युवायुवतीहरुका लागि सिप विकास तथा परामर्श सेवा, कृषि तथा पुशपालनमा ब्यवसायीक उत्पादनका लागि प्रविधि हस्तान्तरण, एकीकृत इन्टरनेट सेवाका लागि फाईबर जडान, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रोजगार, न्यायिक समितिबाट नागरिकलाई सेवा, ८१ वटा ऐन, नियमावली र कार्यविधि निर्माण गरी लागु गरिएको नगर प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो । नगर प्रमुख ब्याञ्जुले आगामी लक्ष्यका २ सय १ भन्दा धेरै योजनाहरु सार्वजनिक गर्नु भएको छ । धुलिखेल नगर समुन्नत आर्थिक शहरका रुपमा विकास गर्न अन्र्तराष्ट्रिय स्तरको खेल मैदान, सबै विद्यालयलाई डिजिटल प्रविधि, निरपेक्ष गरिवीमुक्त नगर, शतप्रतिशत घरमा शुद्द खानेपानी, स्वस्थ शहर, एक घर एक महिला उद्यमी, उज्यालो शहर, सुकुम्बासी मुक्त नगर, छुवाछुत मुक्त नगर, तरकारी, दुध, अण्डा, मासु र खाद्यान्नमा आत्मनिर्भर नगर, एक वडा एक ब्यायामशाला, योग तथा ध्यान केन्द्र निर्माण, एक वडा एक उद्यम विद्यालय, पर्यटन तथा अपाङ्गमैत्री पदमार्ग, बहुउदेश्यीय धुलिखेल बसपार्क, घरदैलो अपाङ्गता भएका ब्यक्तिलाई परिचयत्र वितरण गर्ने योजना सार्वजनिक गरिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।
स्थापना दिवसमा सम्मान
नगरपालिकाले स्थापना दिवसको अवसर पारी नेपाल सरकारका सचिव रविन्द्र घोलिजुलाई धुलिखेल रत्नबाट सम्मान गरेको छ । त्यस्तै पूर्व गाविस अध्यक्ष केदारप्रसाद कोईरालालाई धुलिखेल नक्षत्र, दिनेशकाजी योगललाई धुलिखेल प्रज्ञाश्री, रामबहादुर गौतमलाई धुलिखेल सेवाश्री, बसन्त कुँवरलाई धुलिखेल तारबाट सम्मान गरिएको थियो । धुलिखेल ताराबाट रेणुका गुरुङ्ग, धुलिखेल क्याम्पसका क्याम्पस प्रमुख सागर तिवारी, सामाजिक संस्था तर्फबाट रमाईलो छत्रछायाँमुनी र धनबहादुर विष्ट सेतिदेवी माविका प्रधानाध्यापकलाई सम्मान गरिएको थियो । जनसेवाश्रीबाट शिक्षा शाखाका अधिकृत भोजकुमार ठकुरी र मिनगोपाल तखाँक्षेलाई सम्मान गरिएको थियो ।
त्यस्तै उप सचिव माधव शर्मा, उत्तम कार्की, कुमार बस्नेत, रामशरण होमागाई, जितबहादुर तामाङ, श्रीहरी पौडेललाई कर्मचारी दीर्घ सेवा सम्मानबाट सम्मान गरिएको थियो । रविन्द कोँजु र मिनबहादुर यगोललाई समाजसेवी सम्मानबाट सम्मान गरिएको छ भने जग्गादाताहरु सोनाम लामा धुलिखेल १, शुक्रबहादुर तामाङ धुलिखेल १, धावा लामा धुलिखेल १, पदमप्रसाद धिमाल धुलिखेल १०, शंकर मैनाली धुलिखेल १०, लक्ष्मीप्रसाद शर्मा, सरस्वती धिताल, शिवप्रसाद धिताल, हरिमाया धिताल, दिपक प्याकुरेल, विष्णप्रसाद धिताल, कृष्णबहादुर तामाङ, करुणा गौतम, पूर्णबहादुर तामाङ, तिलबहादुर विकलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा पूर्व मन्त्री गोकुल बास्कोटा, सरकारका सचिव रविन्द्र घोलिजु, काठमाडौ विश्वविद्यालयका उपकुलपति डा. भोला थापा, जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, उपप्रमुख विमला शर्मा लगायतले मन्तब्य राख्नु भएको थियो । सोहि अवसरमा योमरी फेस्टिबलको अवसरमा लशकुश युवा क्लवद्वारा तयार गरिएको आर्ट धुलिखेल नगरपालिकालाई मायाको चिनोको रुपमा हस्तान्तरण गरिएको थियो ।





