2026 October 22/ 12:38: 36pm

    बनेपा/बृहत एकीकृत खानेपानी निर्माण सहयोग समिती बनेपा नगरपालिका वडा नम्बर १३, १४ र संघीय खानेपानी तथा ढल ब्यबस्थापन आयोजना बिच सम्झौता भएको छ । 
    बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठ र उप प्रमुख रेखा सापकोटा दाहालको रोहबरमा बृहत एकिकृत खानेपानी आयोजनाको सम्झौता गरिएको हो । खानेपानी सेवा नियमन तथा पुनस्र्थापना कार्यक्रम अन्र्तगत कुल लागत रकम ८० प्रतिशत रकम नेपाल सरकार र २० प्रतिशत उपभोक्ता संस्थाले ब्यहोर्नुपर्ने गरी कुल रकम अक्षेरुपी ९ करोड ८४ लाख ६९ हजार ९ सय ८ को लागत इष्टिमेटमा आयोजना सम्पन्न हुने आयोजना प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । आयोजनाबाट बनेपा नगरपालिकाको वडा नम्बर १३, १४ का ८ सय ७८ घरधुरीको जम्मा ५ हजार २ सय १२ जनसंखा लाभन्वीत हुने वडा नम्वर १४ का अध्यक्ष गौरी राउतले बताउनु भयो । आयोजनामा अन्र्तगत ईन्टेक ६ वटा सेडिमेन्टेसन टैङ्क २ वटा  स्लो स्यान्ड फिल्टर, पानी ट्याङ्की विभिन्न साईजका १० वटा, पम्प हाउस २ गोटा, कलेक्सन ६ गोटा पम्पीङ्ग स्टेज १ स्टेज, ट्रान्समिसन पम्पिङ्ग मेन १.१६ किमि, ट्रान्समिसन मेन १०.०१ किमि, वितरण पाईपलाई १६.९८ किमि र जम्मा पाईप लाईन २८.१५ किमी रहेको जनाएको छ । कार्यक्रममा नगर प्रमुख बादेले निर्वाचनमा गरिएका प्रतिबद्धता अनुसार नेकपा एमालेका पोलीटब्युरो सदस्य तथा पुर्व मन्त्री गोकुल बास्कोटाले उक्त आयोजनामा संघिय सरकारमार्फात र नगरपालिकाको समन्वयमा उक्त आयोजना शुरु गरीएको बताउनु भयो । एक घर एक धारा अन्र्तगत स्थानीय उपभोक्ताहरुलाई उक्त खानेपानी आयोजनाले सहज गर्ने बताउनु भयो । हामीले निर्वाचनमा गरेका प्रतिबद्धता अनुसार खानेपानी, पक्की सडक, विद्यालय, स्वास्थ्य चौकीका भवन, वडा कार्यालयका भवन, विभिन्न तालिम प्रदान गरी आत्मनिर्भर बनाईएको बताउनु भयो । बादेले आयोजनाको काम गुणस्तरीयता गरी समयमा नै सम्पन्न गाराउन लाग्नु पर्ने बताउनु भयो । उक्त आयोजना सम्झौता कार्यक्रममा सघीय खानेपानी तथा ढल ब्यबस्थापन आयोजनाका भक्तपुरका तर्फबाट आयोजना प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठ र उभपभोक्ता समितीका तर्फबाट कलमबहादुर तामाङले सम्झौतामा हस्ताक्षर गर्नु भएको थियो । आयोजना प्रमुख श्रेष्ठले खानेपानी आयोजना सम्पन्न गर्न उपभोक्ता समिती लाग्नु पर्ने र आयोजना सम्पन्न पश्चात उपभोक्ता समितीले नै ब्यबस्थापन गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा उप प्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत कबिराज उप्रेती, १३ का वडा अध्यक्ष सुर्यनारायण नापीत, १४ का वडा अध्यक्ष गौरी राउत उपभोक्ता समितीका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो । 
    त्यसैगरी पाँचखाल भमरकोट लिफ्ट खानेपानी आयोजनाको समेत सम्झौता गरिएको छ । 
पाँचखाल भमरकोट लिफ्ट खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष सिताराम ढुङ्गाना र आयोजना प्रमुख राजेन्द्र प्रसाद श्रेष्ठले सम्झौतामा हस्ताक्षर गर्नु भएको छ । एकीकृत आयोजनाबाट ८ सय ८४ घर धुरीका ५ हजार २ सय ६३ जना लाभान्वीत हुने जनाएको छ । उक्त आयोजनामा संघीय खानेपानी तथा ढल ब्यबस्थापन आयोजनका भक्तपुरका तर्फ बाट आयोजनाबाट १० करोड ५३ लाख ४ सय ८४ रुपैयाँ लागतमा २ वर्षमा आयोजना सम्पन्न हुने आयोजना प्रमुख श्रेष्ठले बताउनु भयो । कार्यक्रममा पाँचखाल नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष, नेकपा एमाले पाँचखाल नगरपालिका अध्यक्ष विष्णू अधिकारी लगायतको सहभागिता रहेको थियो ।