2026 July 07/ 09:43: 18am

    धुलिखेल/युवालाई सामान्य खानपानका विषयमा विवाद हुँदा चक्कु प्रहार गरी फरार हुने एक युवा पक्राउ परेका छन् । चक्कु प्रहारबाट उपचारका क्रममा घाईते किसन पहरीको निधन भएको थियो । भदौ २० गते साँझको उक्त घटनामा प्रत्यक्षदर्शीको बयानका आधारमा प्रहरीले अनुसन्धान शुरु गरेको थियो । 
    पनौती नगरपालिका वडा नम्वर ७ स्थित भिम बहादुर थिङले संचालन गरेको होटलमा सामान्य विषयमा विवाद हुन जाँदा केही व्यक्तिहरुले धारिलो हतियार प्रहार गरी पनौती १० बस्ने बर्ष २७ को किसन पहरी गम्भिर घाईते भएका थिए । उनलाई चक्कु प्रहार गरी घाईते बनाउने काभ्रेपलाञ्चोक जिल्ला खानीखोला गाउँपालिका वडा नम्वर ७ बस्ने ३१ बर्षिय मोहन भन्ने महेन्द्र घिसिङलाई प्रहरीले अनुसन्धानका क्रममा भदौ २२ गते राति पक्राउ परेको डिएस्पी हरि खतिवडाले जानकारी दिनु भयो । घाईते पहरीलाई तत्कालै पनौती प्रहरी चौकीले उद्धार गरी धुलिखेल अस्पताल ल्याएको थियो । अस्पतालले उपचार नै शुरु नगरी मृत घोषणा गरेको थियो । 
    भदौ २० गते राती अन्दाजी पौने ९ को समयमा पनौती वडा नम्वर ७ स्थित भिम बहादुर थिङले संचालन गरेको होटलमा सामान्य विषयमा विवाद हुन जाँदा पहरीलाई धारिलो हतियार प्रहार गरी घाईते बनाई घिसिङ्ग फरार भएका थिए । उनी आफन्तकोमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । खाजा खाएको रकम ७ सय भएकोमा धेरै कसरी भयो ? भन्ने विषयमा उनिहरु बीच विवाद भएको प्रत्यक्षदर्शीले प्रहरीलाई बयान दिएका छन् । त्यतिकै क्रममा भएको भनाभनमा घिसिङ्गले पहरीलाई छुरी हानेका थिए । होटलसाहुँसँग पहरीले विवाद गरेको भन्दै बाहिर रहेका साहुका साला अथार्त मोहन भन्ने महेन्द्र घिसिङ्गले बाहिरबाट चक्कु लिएर गई पहरीले प्रहार गरी सख्त घाईते बनाएका थिए ।