बनेपा/आराध्यादेवी चण्डेश्वरी मन्दिर परिसरमा स्वर्गिय पिता रामकृष्ण चौ प्रधान र माता अष्टमाया चौ प्रधानको सम्झानमा छोरा मोहन चौ प्रधानले नन्दी अथवा दोसा(साँढेको मूर्ति) र जलेश्वर जसिंग महादेव थानमा चार मुखे महादेवको मूर्ति स्थापना गर्नु भएको छ ।
२०७२ सालको भुकम्पामा चण्डेश्वरी मन्दिर परिसरमा रहेको दोसा क्षत्ति भएपछि उक्त ठाँउमा जसिंग महादेवको ल्याएर उक्त स्थानमा राखिएको थियो । अहिले उत्त जसिगंको आफ्नै ठाउँमा राखिएको र चण्डेश्वरी परिसरमा नयाँ स्थापना गरिएको चौ प्रधानले बताउनु भयो । आफुलाई धार्मिक कार्य गर्न मन लागेर आमा बाबुको सम्झनामा चारमुखे महादेवको मुर्ति र दोसा राखिएको बताउनु भयो । सामाजिक कार्य सँगै आफ्नो धार्मिक आस्थाका कारणले उक्त कार्य गरेको चौ प्रधानले बताउनु भयो । गत मंगलबार साईत जुराई उक्त मन्दिर परिसरमा पुजा लगाई उक्त दोसा र महादेवको स्थापना गरिएको बताउनु भयो । चौ प्रधानले सामाजिक कार्य गर्नका लागी आवश्यक परे आफुलाई सम्झन र आफु निरन्तर लाग्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको थियो ।
ऐतिहासिक चौकोट गढी स्थित कालिका देबि स्थानमा नव निर्मित बहुउद्देश्यीय सामुदायिक भवनको उदघाटन काठमाडौ बिश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले एक समारोहका बिच गर्नु भयो कार्यक्रममा मेडिकलका डिन प्रा.डा.राजेन्द्र कोजु,नेपाली सेना कालिजङ्ग गणका गणपति प्रमुख सेनानी मिलन थापा उच्च अदालतका श्रीमान न्यायाधीश महेन्द्रनाथ उपाध्याय कुईकेल पनौती नगरपालिकाका बरिस्ठ प्रशासकीय अधिकृत ईन्द्र प्रसाद अधिकारी ५ न. वडा अध्यक्ष श्रीधर प्रसाद पाध्या कुईकेल लक्ष्मी महिला साकोसकि अध्यक्ष मैयाँ महत सन्जिबनी उच्च माबिको पुर्ब प्रअ सानुकाजी महत हरिशरण बस्नेत तथा स्थानीय बासीको उपस्थिति र मन्तव्य रहेको उक्त कार्यक्रम संचारकर्मी दयाराम महतले गर्नुभएको थियो कार्यक्रम निर्माण उपभोक्ता समितिका अध्यक्ष नारायण थापाको अध्यक्षतामा सम्पन्न भएको थियो झण्डै २० लाख रुपैयाँ निर्माण लागत रहेकोे उक्त भवन पनौती नपा धुलिखेल नपा स्थानीय चन्दादाता र उद्योग व्यावसायिको सहयोगमा निर्माण सम्पन्न भएको थियो !





