कोरोना भाईरसको संक्रमण न्युनिकरणका प्रयास सफल हुन सकेका छैनन् । सरकारले विभिन्न देशबाट ल्याएको खोप लगाउने कार्य सूचारु भए पनि नागरिकहरुमा फैलिएको संक्रमण नियन्त्रणमा आउन सकेको छैन । विशेषगरी अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरु त्यसको जोखिममा परेका छन् ।
एउटै ब्यक्तिलाई दुई पटक संक्रमण सामान्य जस्तै देखिए पनि तेश्रो पटक संक्रमण देखिन थालेको छ । पटक पटक एउटै ब्यक्तिलाई संक्रमण हुनु गम्भिर भएको चिकित्सकहरुले बताएका छन् । धुलिखेल नगरपालिकाको स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्यकर्मीलाई तीन पटक संक्रमण भएको छ । दुई पटक खोप लगाएको अवस्थामा पनि संक्रमण देखिएकाले नागरिकहरु सचेत रहनु पर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । खोपकै कारण उहाँमा देखिएको तेश्रो पटकको संक्रमणले अवस्था सामान्य रहेको चिकित्सकले जानकारी दिएका छन् । धुलिखेलमा मात्रै तीन जना ब्यक्तिमा तेश्रो पटक संक्रमण देखिएको छ । बनेपा र आसपासका क्षेत्रमा केहि नागरिकहरुलाई तेश्रो पटक संक्रमण देखिन थालेको छ । बजारमा भएको भिडभाड, नागरिकहरुको हेलचेक्रयाई र भाईरसले बदल्दै गएको स्वरुपले संक्रमण फैलदै जान थालेको हो । जिल्लामा दोश्रो चरणमा साउन ८ गतेसम्म १ सय ३१ जनाले कोभिडकै कारण ज्यान गुमाएका छन् । पहिलो चरणमा ६४ जनाले ज्यान गुमाएका थिए ।
साउनमा संक्रमण
गते संक्रमण डिस्चार्ज निधन
१ ५४ ५० १
२ १६ १८
३ २२ ९० १
४ ५४ ३५ १
५ १२८ ३७
६ २० ११ १
७ ९८ ५५
८ ५४ ४४ १
९ २३ ४५
१० ४२ ४१
११ १०९ ९१
१२ ७९ ८५
१३ ५६ ३५
१४ १०० ५४
१५ ५९ १६
१६ १८ १७
१७ ५४ ५९
१८ १०३ ९३
१९ ८३ ३४
२० ९१ २०
सक्रिय संक्रमित ८५६





