2026 July 07/ 07:15: 56am

    बनेपा/बनेपा नगरपालिकाले कृषकहरूलाई कृषि औजार वितरण गरेको छ । आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक कार्यक्रम अन्र्तगत उक्त सामाग्रीहरु वितरण गरेको हो । 
    नगर प्रमुख लक्ष्मी नर सिंह वादेले कृषकहरुलाई आत्मनिरर्भर बनाउँदै उत्पादन बृद्धि गर्न उक्त सामाग्रीहरु वितरण गरिएको बताउनु भयो । नगरवासीहरुको स्वास्थ्य, शिक्षा सँगै आर्थिक क्षेत्रमा समेत बृद्धि गरी स्वरोजगार उन्मुख हुने विश्वास गर्नु भएको थियो । कार्यक्रममा उप प्रमुख रेखा सापकोटा दाहालले किसानहरुका लागी वाली बिरुवामा लाग्ने किराको औषधी, धानको विउ, तरकारीहरुको विउ, गोठ सुधार जस्ता कार्यक्रमहरु गर्दै आएको बताउनु भयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेती, कृषि शाखा प्रमुख मुकुन्द केसि, बरिस्ठ राजश्व अधिकृत धुर्वराज, नेपाल कृषि प्राविधिक कमला बन्जारा हुमागाई लगायतको सहभागिता रहेको थियो । 
कार्यक्रममा कृषकहरूलाई मकै छोडाउने मेशिन १ सय ८२ थान, बिषादि छर्ने मेशिन ३ सय ६२ थान, धान झार्ने मेशिन ९३ वटा, शिल पोनिक प्लास्टिक १८ वटा, सुधारिएको आरनमा आगो फुक्ने मेशिन ८ वटा, टनेल प्लास्टिक १ सय ५४ वटा वितरण गरेको जनाएको थियो । 

कृषकहरुलाई पाडी तथा बाख्रा वितरण 
    बनेपा/बनेपा नगरपालिकाले नगरका कृषकहरूलाई लागत साझेदारिमा भैंसी प्रवद्र्वन कार्यक्रम अन्तर्गत ७५ प्रतिशत अनुदानमा मुरा क्रस जातका पाडि थोरे बितरण गरेको छ । 
नगरले वडा नम्बर २, ३,४,६ र १० मा १ सय वटा पाडी बितरण गरिएको नगर प्रमुख लक्ष्मी नरसिंह बादेले बताउनु भयो । पाडी बितरण गर्दै बादेले नगरबासीहरुलाई पाडी, वाख्रा, वोयर जातको बोका, आय आर्जनका शिप विकासका तालिमा प्रदान गरी ‘म बनाउछु’ बनेपाको सपना साकार पार्न लागिएकको बताउनु भयो । निर्वाचनका समयमा नगरबासीहरु सगं गरिएको प्रतिबद्धता पुरा हुँदै गएको बताउनु भयो । भौतिक पुर्वाधार सगै नगरीको आय स्तरमा समेत बृद्धि गर्न सहयोग पुग्ने विश्वास गर्नु भएको थियो । पाडी वितरण कार्यक्रममा उप प्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत कबिराज उप्रेती, वडा अध्यक्षहरू ३ नम्बर वडा अध्यक्ष कृष्णप्रसाद दाहाल, ४ नम्बर वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठले, वडा नम्बर १० का अध्यक्ष चन्द्रबहादुर खड्का ,पशु प्राबिधिक रामसुन्दर सापकोटा, पवन केसी लगायतको सहभागिता रहेको थियो । पशु शाखा प्राविधिक सापकोटाले नगरपालिकाले औषधी र विमा समेत गरी कृषकहरुलाई पाडि वितरण गरिएको बताउनु भयो । 
बाख्रा तथा बोका वितरण 
    बनेपा नगरपालिकाद्वारा बाख्रा पकेट बिकास कर्यक्रम अन्तर्गत वडा नं ५,९, १२, ११, १३ र १४ का कृषकहरुलाई १÷१ वटा बाख्रा र वडानम्वर ५ मा एक बोयर बोका  बितरण  गरेको छ । उन्नत जातका नगर प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठ, उप प्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत कबिराज उप्रेती, वडा अध्यक्ष बलराम अधिकारी, शेरबहादुर सुवाल, राम वहादुर कुवंर, सुर्यनारायण नापित, गौरी राउतको उपस्थितिमा बितरण गरिएको थियो ।