2026 July 07/ 07:15: 39am

– ठकुरी गाउमा बुद्ध पार्क
    बनेपा/बनेपा नगरपालिकाकाले आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्ब ६० करोड ६९ लाख ६८  हजार रुपैयाँको बजेट पास गरेको छ । नगरपालिकाले प्रस्तुत गरेको बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ २६ करोड ९ लाख,  आर्थिक विकास क्षेत्रतर्फ २ करोड ३२ लाख, सामाजिक विकासतर्फ ५ करोड ५० लाख पूर्वाधार विकासतर्फ १० करोड ६८ लाख  लगायत विभिन्न क्षेत्रमा बजेट विनियोजन गरिएको छ । 
    नगर सभामा नगर प्रमुख तथा सभा अध्यक्ष लक्ष्मी नरसिं बादेले आर्थिक वर्ष २०७८÷७९ निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । बादेले सभामा सबै वडा कार्यलय सम्म पक्की सडकको पहंँुच पु¥याउने, सडकका दायाँबायाँ पदयात्रीका लागी फुटपाथ निमार्ण सहित हरियाली प्रर्बद्धन गर्ने, चण्डेश्वरी मार्गदेखी गोसाईथान सम्म १६ सय सिँढी सम्पन्न गर्ने, वडा नं. ९ को नगर गाउँमा बुद्ध पार्क निर्माण गर्ने, नगर भित्रका मठ मन्दिर पाटी पौवा, गुठी पोखरी लगायत पौराण्ािक, धार्मिक तथा सास्कृतिक सम्पदाहरुको संरक्षणमा जोड दिने, अब्यबस्थित पार्कङ्गिलाई ब्यबस्थित गर्न बहुतल्ले पार्किङ्ग निर्माण, विकास, फोहोरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवद्र्धन र पर्यटन जस्ता विषयलाई प्राथमिकतामा राखिएको बादेले वताउनु भयो । 
    जनतासँग मेयर कार्यक्रम, कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, सार्वजनिक शौचालय, नमुना विद्यालय, प्रत्येक वडामा न्यूनतम एउटा खेलकुद  पार्क, ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने स्वास्थ्य लगायतका बाजेबज्यै पार्क नीति तथा कार्यक्रममा समावेश गरिएको छ । नगरको आठौ नगर सभामा उप प्रमुख रेखा सापकोटा दाहालले ‘म बनाउँछु मेरो बनेपा’ भन्ने नारा सहित बजेट प्रस्तुत गर्नु भएको थियो । सभामा उपप्रमुख रेखा सापकोटाले आर्थिक वर्ष २०७७÷०७८ को स्थिति समीक्षा प्रस्तुत गर्दै चालु वर्षमा भएका विकास निर्माण तथा कोभिड नियन्त्रणमा नगरपालिकाले गरेका गतिविधिहरुका बारेमा जानकारी गराउनु भएको थियो । त्यस्तै नगरपालिकाको आगामी आर्थिक वर्ष २०७८÷०७९ आर्थिक विधेयक तथा विनियोजन विधेयक प्रस्तुत गर्नु भएको थियो । बजेटले समग्र क्षेत्रमा नागरिकहरुको अभिभावक नगरपालिका भएको महसुस हुने गरी समेटिएको प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतिले जानकारी दिनु भयो । 
    बजेटको कार्यान्वयनले नगरपालिकाले लिएको आर्थिक समृद्धी हासिल हुने र नगरको दीर्घकालिन सोच पुरा हुने  प्रमुख प्रशासकिय अधिकृत उप्रेतिले बताउनु भयो ।