२ लाख भन्दा धेरै जम्मा भयो
बनेपा/प्रेस चौतारी नेपाल काभ्रेले कोरोना भाईरसको संक्रमणबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गरी पत्रकारहरुको हितका लागि खर्च गर्ने गरी स्थापना गरेको कोरोना विपद कोषमा बुधबार दिउसोसम्म २ लाख भन्दा धेरै रकम जम्मा भएको छ ।
‘प्रेस चौतारी नेपाल काभ्रेले स्थापना गरेको कोरोना विपद कोषका लागि सहयोग गर्ने क्रम जारी छ, बुधबार दिउसोसम्म २ लाख रुपैया भन्दा धेरै जम्मा भईसकेको छ’–अध्यक्ष भुवन रायमाझीले भन्नुभयो–‘कोष बृद्धी गरी त्यहि कोषबाट संक्रमित र संकटमा परेका संचारकर्मीहरुका लागि सहयोग गर्ने योजना भएका छौं ।’ स्वास्थ्य सामाग्री, खाद्यान्न लगायतका उपचार र अन्य सहयोगका लागि विपद कोषको रकम खर्च हुने अध्यक्ष रायमाझीले बताउनु भयो । कोषमा सहयोग गर्नेहरुमा संघ संस्था, ब्यक्ति तथा जनप्रतिनिधिहरु समेत छन् । उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्था लि. बनेपाका अध्यक्ष मोहन गजुरेल र सचिव एबं प्रबन्ध निर्देशक सन्तमणी रिजाल मार्फत १० हजार, सुन्दरबस्ती बचत तथा ऋण सहकारी संस्था लिं, पनौती प्रबन्ध निर्देशक रोशन चौलागाई मार्फत १० हजार, मनास्लु बचत तथा ऋण सहकारी संस्था लिं अध्यक्ष अजय हुमागाइ र कोषाध्यक्ष अनुप दुलाल मार्फत ५ हजार, प्राइम एफ एम बनेपा मार्फत ५ हजार, चेष्टा साप्ताहिक मार्फत ५ हजार रुपैया जम्मा भएको छ । त्यस्तै कान्तिपुर कन्डम हाउस, रंजित बोहोरा ५ हजार ५ सय ५५, अर्थभुमी बचत तथा ऋण सहकारी संस्था लिं, धुलिखेल १० हजार, सुलभ बचत बचत तथा ऋण सहकारी संस्था लिं १५ हजार, सिड नेपाल बहुउदेश्यीय सहकारी संस्था लिमिटेड बनेपा ४, नाला १० हजार, जेनिश लामा ५ हजार, हिरा लामा, धुलिखेल नगरपालिका सदस्य १० हजार, डा हरिकृष्ण थापा, हिमालयन भेट मार्फत २० हजार सहयोग भएको छ ।
त्यस्तै धुलिखेल नगरपालिका वडा नम्वर १० का अध्यक्ष पुस्प राउत मार्फत १० हजार, वडा नम्वर ११ का अध्यक्ष बिष्णु काभ्रेली, १० हजार, ॐ शान्ती बहुउद्देश्यीय सहकारी संस्था लिं बनेपा, अध्यक्ष इश्वरलाल श्रेष्ठ ५ हजार, सुगन्ध बचत तथा ऋण सहकारी संस्था लिं ५ हजार, नेपाल लेखापढी कानुन ब्यवसायी संघ काभ्रे १० हजार १ सय, माहांकाल भुग्देउ रियल स्टेटका अध्यक्ष दिपक थापा मार्फत ५ हजार, एक्सप्रेस बचत तथा ऋण सहकारी संस्था लिं ५ हजार, सुगन्ध मल्टिपरपोज इन्भेष्टमेन्ट कम्पनी प्रालीका संचालक कुमार मैनाली ५ हजार, उद्यम बिकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रोशन श्रेष्ठ ५ हजार, युवा ब्यवसायी मनराज महत ५ हजार, ज्योती मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था पनौती मार्फत १० हजार रुपैया र गणेश लामा लोटस कन्ट्रक्सन मार्फत ११हजार १ सय ११ जम्मा गरिएको छ ।
त्यस्तै केबी आरटी ट्रेडर्स बनेपाका संचालक कृष्णलाल श्रेष्ठले १० हजार, कृति बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बनेपा १० हजार, डाईनामिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड नाला ५ हजार, पन्चशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेड मार्फत ५ हजार रुपैया कोरोना विपद कोषमा सहयोग गरेका छन् । कोभिड १९ को महाहारी बढिरहेका बेला नागरिकहरुलाई निरन्तर सूचना प्रवाह गर्ने संचारकर्मीहरुलाई सुरक्षित रहेर समाचार संकलनका क्रममा हुन सक्ने सम्भावित जोखिमलाई ख्याल गरी प्रेस चौतारी काभ्रेले कोरोना विपद कोष स्थापना गरेको हो । प्रेस स्वतन्त्रता दिवसको अवसर पारी संकटमा उपचार तथा अन्य खालका समस्या सहितको गर्जाे टार्ने उदेश्यले कोरोना विपद कोष स्थापना गरिएको प्रेस चौतारी काभ्रेका संयोजक भूवन रायमाझीले जानकारी दिनु भयो । .यस अघि प्रेस चौतारी काभ्रेले जिल्लामा कृयाशिल पत्रकारहरुका लागि कोरोनासँग जुध्ने स्वास्थ्य सामाग्री मास्क, स्यानिटाईजर लगायतका सामाग्री उपलब्ध गराएको थियो । कोरोना विपद कोषका लागि जिल्लाको ब्यापारीक शहर बनेपामा रहेको उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेपा र सुन्दर बस्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौतीले १०÷१० हजार उपलब्ध गराएका थिए । उक्त रकम सहितको कोष उग्रतिर्थ सहकारीमा सोमबारबाटै शुरु गरिएको संयोजक रायमाझीले बताउनु भयो ।
नागरिकहरुलाई सत्य, तथ्य र निश्पक्ष सूचना प्रवाह गर्ने संचारकर्मीहरुका लागि कोरोना विपद कोषमा सहयोग गरेको उग्रतिर्थ सहकारीका अध्यक्ष मोहन गजुरेलले बताउनु भयो । गजुरेल आफै संचारकर्मी हुनुुहुन्छ । उहाँले उग्रतिर्थ सहकारीले प्रेस स्वतन्त्रता दिवसको अवसरमा कोरोना कोष स्थापना गरी रकम जम्मा गर्न पहल लिनु भएको थियो । सोमबार एक कार्यक्रमका बीच अध्यक्ष गजुरेल र प्रवन्धक शान्तमणी रिजालले प्रेस चौतारीका संयोजक भुवन रायमाझी र कोषाध्यक्ष लक्ष्मण तिमल्सिनालाई रकम हस्तान्तरण गर्नु भएको थियो । प्रेस चौतारी काभ्रेका संयोजक रायमाझीले संचारकर्मीहरुलाई जस्तोसुकै समस्या परेको अवस्थामा पनि समन्वय र सहयोग उपलब्ध गराउने गरी तयारी गरिएको बताउनु भयो ।
सोहि अवसरमा सुन्दरबस्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रोशन चौलागाईले पनि प्रेस चौतारी काभ्रेले स्थापना गरेको कोरोना विपद कोषमा १० हजार नगद सहयोग उपलब्ध गराउनु भएको थियो । उक्त कोषमा रकम बृद्धी गर्दै लैजाने योजना सहित संक्रमित तथा संक्रमति नभएर पनि संकटमा पर्ने संचारकर्मीहरुका लागि नगद नै सहयोग गर्ने गरी २० हजारबाट शुरु भएको कोरोना विपद कोषमा २ लाख रुपैया तत्कालै संकलन गरी जम्मा गर्ने योजना रहेको संयोजक रायमाझीले बताउनु भयो । प्रेस चौतारीले संचारकर्मीहरुका लागि उपलब्ध गराएको स्वास्थ्य सामाग्री बनेपा स्थित बनेपा हेल्थ केयरले उपलब्ध गराएको थियो । सामाजिक उत्तरदायित्व अन्र्तगत बनेपा हेल्थ केयरले स्वास्थ्य कार्यालय काभ्रे अन्र्तगत स्वास्थ्यकर्मीहरु र संचारकर्मीका लागि मास्क, स्यानिटाईजर, फेस शिल्ड लगायतका सामाग्री उपलब्ध गराएको संचालक जितेन्द्र थापाले जानकारी दिनु भयो ।
उग्रतिर्थ सहकारी र सुन्दरबस्ती सहकारीले जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा र इलाका प्रहरी कार्यालय बनेपालाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन् । उग्रतिर्थका अध्यक्ष मोहन गजुरेल र सचिव एवं प्रवन्धक प्रवन्धक शान्तमणी रिजाल र सुन्दरबस्तीका अध्यक्ष रोशन चौलागाईले ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक प्रमिला श्रेष्ठलाई सामान हस्तान्तरण गर्नु भएको थियो ।





