बनेपा/प्रेस चौतारी नेपाल काभ्रेले बनेपा हेल्थ केयरको सहयोगमा कृयाशिल पत्रकारहरुलाई सुरक्षाका सामाग्रीहरु उपलब्ध गराएको छ । प्रेस चौतारी नेपाल काभ्रेका अध्यक्ष भुवन रायमाझीले प्रति ब्यक्ति ५० पिस माक्स र एक बट्टा स्यानिटाईजर उपलब्ध गराएको बताउनु भयो ।
शुक्रबार आयोजित कार्यक्रममा संगठनका अध्यक्ष रायमाझीले पत्रकारहरुलाई विपदमा सुरक्षित भएर समाचार संकलन तथा प्रसारण गर्न अनुरोध गर्नु भयो । आवश्यक जस्तोसुकै सहयोगका लागि प्रेस चौतारी काभ्रे तयार रहेको बताउँदै अध्यक्ष रायमाझीले सामाग्री उपलब्ध गराउने बनेपा हेल्थ केयरका सचालक जितेन्द्र थापालाई धन्यवाद दिनु भएको थियो । कार्यक्रममा कृयाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।
त्यस्तै नेपाल पत्रकार महासंघ काभ्रे शाखाले पनि सोमबार एक कार्यक्रमका बीच जिल्लामा रहेका संचारमाध्यमका प्रतिनिधिहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको अध्यक्ष बद्रिराज तिमल्सिनाले जानकारी दिनुभयो ।





